२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ललितपुरमा विद्युत् खम्बा नसार्दा सडक निर्माण अवरुद्ध

२०७४, १८ भाद्र आईतवार १२:०१

भदौ १८,ललितपुर। चापागाउँ–खुमलटार सडकखण्डमा बाटो चौडा पार्ने काम नेपाल विद्युत् प्राधिकरणको उदासीनताका कारण अघि बढ्न सकेको छैन । 

प्राधिकरणले खम्बा सार्न ढिलाइ गर्दा निर्माण कार्य अवरुद्ध भएको डिभिजन सडक कार्यालय ललितपुरले जनाएको छ । 

झण्डै चार महिनादेखि काम अघि बढ्न नसकेको इञ्जिनियर आरती साहले बताउनुभयो । पटक पटक पत्राचार गर्दासमेत खम्बा सार्न प्राधिकरणले बेवास्ता गर्दै आएको छ । जिल्लाबाट समन्वय हुन नसकेपछि क्षेत्रीय सडक कार्यालयलाई भनिएको साहले बताउनुभयो । 

चक्रपथसँग जोडिएको सडकमा काम लथालिंग हुँदा यात्रु हैरान छन् । दैनिकजसो स्थानीयवासीले सडक निर्माणमा ढिलाइ भएको भन्दै कार्यालयमा गुनासो गर्ने गरेका छन् । साह भन्नुहुन्छ, “ठेकेदार काम गर्न हतारिएको छ । पोल नसारेकाले मात्रै काम रोकिएको हो । पोल सारेको एक महिनामै काम सकिन्छ ।” 

काठमाडौँ उपत्यका शहरी विकास प्राधिकरणले सडकमा चिह्न लगाएको तीन वर्ष बितिसक्दासमेत काम सकिएको छैन । सातदोबाटोबाट खुमलटारसम्म ९०० मिटर सडकको जिम्मेवारी डिभिजन सडक कार्यालयको हो । खुमलटारदेखि लेलेसम्मको सडकको काम गर्ने जिम्मेवारी सडक विस्तार आयोजनाको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा