सुनको मूल्य घट्यो

साझासवाल
1 Min Read

काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य एक हजार सात सयले घटेर एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । सोमबार एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १० रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

Share This Article