2026-10-06 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, पाँच अर्ब भन्दा बढीको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव २२ अङ्कले घटेर दुई हजार छ सय दशमलव ५३ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय १६ कम्पनीका एक करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर ६२ हजार ७५५ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७६ करोड ७८ लाख ९५ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव ४४, लगानी शून्य दशमलव २७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४२, लघुवित्त शून्य दशमलव १९ र म्युचुअल फन्ड शून्य दशमलव २७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
विकास बैंक शून्य दशमलव ४२, वित्त शून्य दशमलव ७४, होटल तथा पर्यटन शून्य दशमलव, जलविद्युत् शून्य दशमलव ४४, जीवन बीमा शून्य दशमलव १२, निर्जीवन बिमा शून्य दशमलव ३१, व्यापार शून्य दशमलव ०९ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव ०१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनआइसी एसिया डिभेन्चर २०८५/८६ को शेयर मूल्य पाँच दशमलव १७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी लिमिटेडको २७ करोड ६५ लाख ९० हजार ९७७ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने शिवश्री हाईड्रोपावर लिमिटेडको छ लाख ९६६ कित्ता शेयर खरिदबिक्री भएको छ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो