२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काभ्रेमा पनौतीबाहेक सबै स्थानीय तहले ल्याए बजेट तथा कार्यक्रम

११ असार २०८२, बुधबार १६:४७
काठमाडौँ । यहाँका १३ स्थानीय तहमध्ये १२ ले तोकिएको समयभित्र नै आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । पनौती नगरपालिकाले भने स्थानीय तह सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार तोकिएको समय असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेन ।
पनौतीमा समानीकरण सङ्ख्या नपुग्दाका कारण असार ९ गते नै सुरु भएको नगरसभा स्थगन गरिएको छ । सोमबार निर्धारित समयभन्दा करिब पाँच घण्टा ढिला सुरु गरिएको बजेट अधिवेशन राष्ट्रिय गानलगत्तै नगरप्रमुख रामशरण भण्डारीबाट स्थगित गरिएको हो । नगर उपप्रमुख गीता बञ्जारा, वडा नं ७ का वडाध्यक्ष तथा नगरसभा सदस्य अनुपस्थित भएपछि बैठक स्थगित गरेको घोषणा गरिएको थियो । कार्यपालिकामार्फत विधि र प्रक्रिया सबै पूरा गरिए पनि अन्तिम समयमा अनुपस्थित भएकाले बैठक स्थगित गर्न बाध्य भएको भण्डारीले बताउनुभयो ।
बञ्जाराले कार्यपालिकामा भएको सहमतिभन्दा विपरित करिब रु पाँच करोड बजेट थप भएर आएकाले बैठकमा सहभागी नभएको बताउनुभयो । जम्मा ६२ सदस्यीय नगरसभामा नगर प्रमुख, वडा नं ४ का वडाध्यक्षसहित २१ जना नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)बाट एक वडाध्यक्ष छन् । उपप्रमुखसहित ४० जना एमालेबाट निर्वाचित छन् ।
धुलिखेल नगरपालिकाले असार ५ गते नै रु अर्ब १८ करोड ४८ लाख ५० हजार, असार ६ गते बनेपा नगरपालिकाले रु एक अर्ब २४ करोड ६५ लाख १३ हजार २८६, असार ९ गते नमोबुद्ध नगरपालिकाले रु ८० करोड ७३ लाख २३ हजार १६० तथा महाभारत गाउँपालिकाले रु ६० करोड १३ लाख एक हजारको बजेट गाउँसभामा प्रस्तुत ग¥यो ।
मङ्गलबार एकै दिन जिल्लाका दुई नगरपालिका र छ गाउँपालिका गरी आठ स्थानीय तहले नीति तथा कार्यक्रमसहित बजेट ल्याएका हुन् । पाँचखाल नगरपालिकाले रु ८२ करोड ५१ लाख ८४ हजार ८०२ र मण्डनदेउपुर नगरपालिकाले रु एक अर्ब १० करोड ७५ लाख ४५ हजार ५५९ को बजेट प्रस्तुत गरे ।
यस्तै रोशी गाउँपालिकाले रु ७२ करोड चार लाख ३७ हजार, बेथानचोकले रु ६४ करोड ७३ लाख पाँच हजार २४३, भुम्लुले रु ६२ करोड ९१ लाख ३९ हजार र चौरीदेउरालीले रु ६९ करोड पाँच लाख पाँच हजारको बजेट आगामी आर्थिक वर्षको लागि प्रस्ताव गरेका हुन् ।
यसैगरी तेमाल गाउँपालिकाले रु ५३ करोड १२ लाख ६४ हजार ६४० र खानीखोलाले रु ५२ करोड २३ लाख ३२ हजार ३५३ को बजेट प्रस्ताव गरेका छन् । आन्तरिक आय कमजोर भएका जिल्लाका स्थानीय तहले भने सङ्घीय समपूरक र विशेष अनुदानकै आधारमा बजेट निर्माण गरेको जनाएका छन् ।
केही तहले भने नयाँ कार्यक्रम समावेश गरेको पाइएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्ने र मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी, मेरुदण्ड पक्षघातका बिरामीका लागि औषधी उपचार खर्चबापत मासिक रु पाँच हजारका दरले प्रदान गर्ने, बनेपाले सहकारी सुधारदेखि रात्रिकालीन व्यवसाय सञ्चालन, खानीखोलाले गर्भवतीलाई ‘झण्डा र अण्डा’, रोशीमा एकल पुरुषलाई मासिक भत्ता दिन प्रस्ताव गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला