२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङका १० स्थानीय तहको बजेट छ अर्ब ३४ करोड

२०८२, ११ असार बुधबार १६:५०
बागलुङका १० स्थानीय तहले आगामी आर्थिक वर्षका लागि रु छ अर्ब ३४ करोड ३७ लाखको बजेट ल्याएका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बागलुङका १० स्थानीय तहले सङ्घीय अनुदान, प्रदेश अनुदान र स्थानीय आम्दानीलाई आधार मानेर उक्त बजेट ल्याएका छन् ।
बागलुङ नगरपालिका 
बागलुङ नगरपालिकाले रु एक अर्ब ३० करोड ९५ लाखको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षका लागि नगर उपप्रमुख राजु खड्काले अनुमानित आय, आन्तरिक राजस्व तथा बैंक रकमलाई आधार मानेर बजेट प्रस्तुत गर्नुभएको छ ।
खड्काले नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ रु १५ करोड ३७ लाख, सशर्त अनुदानतर्फ रु ७२ करोड २४ लाख, समपूरक अनुदान तर्पm रु दुई करोड २४ लाख, विशेष अनुदान चालुतर्फ रु एक करोड ३० लाख, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानतर्फ रु दुई करोड १६ लाख ८२ हजार, सशर्त अनुदान पुँजीगततर्फ रु दुई करोड अनुमान गरिएको छ ।
यस्तै  समपूरक र विशेष अनुदान रु एक करोड तथा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँट रु १५ करोड १२ लाख ६० हजार, तथा आन्तरिक राजस्व र अनुमानित बैंक मौज्दातसहित रु २१ करोड  २९ लाख १५ हजार गरी रु एक अर्ब ३० करोड ९५ लाख ५८ हजार आय अनुमान गरी बजेट प्रस्तुत गरिएको उपप्रमुख खड्काले जानकारी दिनुभयो ।
गलकोट नगरपालिका
गलकोट नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु ७१ करोड ७४ लाख पाँच हजारको बजेट ल्याएको छ । नगर उपप्रमुख फमलाल निउरेले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ रु ५१ करोड ४२ लाख ३६ हजार ६०० र पुँजीगततर्फ रु २० करोड ३१ लाख ६९ हजार गरी कूल रु ७१ करोड ७४ लाख पाँच हजार ६०० विनयोजन गरिएको छ । नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानबाट रु ११ करोड ५१ लाख, राजस्व बाँडफाँटबाट रु १० करोड ४८ लाख ७५ हजार ९६४, सशर्त अनुदानबाट रु ३६ करोड ५३ लाख, विशेष अनुदानबाट रु एक करोड ३६ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबाट रु एक करोड ४८ लाख २१ हजार, राजस्व बाँडफाँटबाट रु एक करोड २० लाख एक हजार, विशेष अनुदानबाट रु ४० लाख र समपूरक अनुदानबाट रु ६० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
जैमिनी नगरपालिका
जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि लागि रु ७५ करोड चार लाखको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ रु ११ करोड ९५ लाख, आर्थिक विकासतर्फ रु एक करोड ४५ लाख, सामाजिक विकासतर्फ रु पाँच करोड ४२ लाख, पूर्वाधार विकासतर्फ रु आठ करोड ८२ लाख, वन तथा वातावरणमा रु ६२ लाख, सुशासनतर्फ रु ३९ लाख, न्यायिक समितिका लागि रु १२ लाख विनियोजन गरिएको छ ।
उपप्रमुख हरिहर शर्माले ल्याएको बजेट बक्तव्यमा बालमैत्री नगरका लागि झण्डै रु दुई करोड बजेट विनियोजन गरिएको हो । बालमैत्री नगर अभियानका लागि नगर स्तरीय कार्यक्रममा रु एक करोड ३० लाख र हरेक वडामा रु पाँच लाख बजेट विनियोजन गरिएको छ । उपप्रमुख शर्माले प्रस्तुत गरेको आव २०८२/८३ को बजेट र कार्यक्रममा अभिभावक तथा शिक्षकको क्षमता विकास गरेर बालमैत्रीबारे अभ्यस्त बनाउन पनि छुट्टै बजेटको व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।
ढोरपाटन नगरपालिका
ढोरपाटन नगरपालिकाले १७ औँ अधिवेशनबाट आगामी आवका लागि रु ६० करोड ७८ लाख बजेट ल्याएको छ । कार्यवाहक नगरप्रमुख धनबहादुर कायतले सङ्घीय सरकारबाट वित्तीय समानिकरणमा रु १० करोड ६७ लाख, सङ्घीय सरकार सर्शत अनुदान रु २८ करोड नौ लाख, सङ्घ समपूरक अनुदान रु ८७ लाख, सङ्घीय सरकार विशेष अनुदान रु एक करोड ९० लाखको बजेट प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै सङ्घीय सरकार राजस्व बाँडफाँट रु ११ करोड २२ लाख, प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान रु एक करोड २६ लाख ३८ हजार, प्रदेश सरकार विशेष अनुदान रु ४० लाख, प्रदेश समपूरक रु ६० लाख, प्रदेश सवारी साधन करतर्फ रु एक करोड १९ लाख १५ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ ।  नगरपालिकाको राजस्व अनुमान रु दुई करोड १५ लाख चालु वर्षको बैंक रकम रु एक करोड ७० लाख ४९ हजार घरजग्गा रजिष्ट्रेशन शुल्क रु ५५ लाखसहित बजेट प्रस्तुत गरिएको हो ।
बडिगाड गाउँपालिका 
बडिगाड गाउँपालिकाको १७ औँ अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिका उपाध्यक्ष भीमसेन वनले प्रस्तुत गर्नुभएको रु ७१ करोड ९५ लाखको  बजेट तथा कार्यक्रम पारित भएको छ ।
गाउँपालिकाको आन्तरिक राजस्वबाट रु एक करोड ६० लाख १५ हजार, नेपाल सरकारको राजस्व बाँडफाँटबाट रु १० करोड ५४ लाख १४ हजार, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट रु ११ करोड २९ लाख छ हजार, चालु वर्षको नगद मौज्दातबाट रु ७९ लाख ५० हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानबाट रु १० करोड ८७ लाख, प्रदेशतर्फको वित्तीय समानीकरण अनुदान रु एक करोड ४० लाख ७४ हजार, सङ्घीय सरकारको सशर्त अनुदान रु ३८ करोड ९३ लाख, सङ्घीय सरकारको विशेष अनुदान रु एक करोड ६३ लाख, प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान रु ३९ लाख ५० हजार, सङ्घीय सरकारको समपूरक अनुदान रु चार करोड पाँच लाख, प्रदेश सरकारको समपूरक रु ६० लाख गरी कूल रु ७१ करोड ९५ लाख अनुमानसहितको बजेट प्रस्तुत गरिएको थियो ।
पूर्वाधार तथा भौतिक निर्माणमा रु १५ करोड २५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । त्यसमा पालिकागत रुपमा रु एक करोड १९ लाख ५० हजार र वडागतमा रु चार करोड बजेट विनियोजन भएको छ ।
काठेखोला गाउँपालिका
काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ५८ करोड ६९ लाख ८३ हजार बजेट विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले मङ्गलबार १७ औँ गाउँसभामा प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार विकासलाई जोड दिएको छ ।
बजेटमा आर्थिक विकासतर्फ रु एक करोड १५ लाख, पूर्वाधार विकासतर्फ रु दुई करोड १९ लाख, सामाजिक विकासतर्फ रु तीन करोड २१ लाख विनियोजन गरिएको छ । पालिकाका आठ वडामा रु तीन करोड ७० लाख विनियोजन गरेको उपाध्यक्ष थापाले बताउनुभयो ।
पालिकाका दुई वटा गौरवका योजनाका लागि रु एक करोड, सङ्घ तथा प्रदेश समपूरकतर्फ रु तीन करोड रकम बजेट विनियोजन गरेको उहाँको भनाइ छ । सङ्घीय सरकार समपूरक अनुदान ढोलकाटे चोक, तंग्राम वडा कार्यालय भवन, सात्लेस हुँदै धम्जा देउराली सडक स्तरोन्नतिका लागि रु एक करोड २१ लाख बजेट विनियोजन गरिएको छ । पालिकाले आर्थिक विकास कृषि, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी र वित्तीय क्षेत्रका लागि रु एक करोड १५ लाख बजेट विनियोजन गरेको छ ।
ताराखोला गाउँपालिका
ताराखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ४० करोड ६७ लाख ४७ हजार बजेट सार्वजनिक गरेको छ । मङ्गलबार सम्पन्न गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले बजेट सार्वजनिक गर्नुभएको थियो । आगामी आर्थिक वर्षका लागि गाउँपालिकामा चालुतर्फ रु २२ करोड ७३ लाख ७० हजार र पुँजीगतर्फ रु १७ करोड ९३ लाख गरी कुल ४० करोड ६७ लाख ४७ हजार बजेट सार्वजनिक गरिएको हो ।
गाउँपालिकाले आर्थिक विकासतर्फ रु एक करोड ४८ लाख ३५ हजार, सामाजिक विकासतर्फ सशर्त अनुदानसहित रु १९ करोड ८३ लाख ८२ हजार, पूर्वाधार विकासतर्फ रु ११ करोड ५५ लाख ५१ हजार, विपद् व्यवस्थापनतर्फ रु ३० लाख ५० हजार, सुशासन तथा संस्थागततर्फ रु एक करोड ३२ लाख ६० हजार र पालिकाको प्रशासनिक खर्चतर्फ रु छ करोड १६ लाख ७० हजार विनियोजन गरेको छ ।
बरेङ गाउँपालिका
बरेङ गाउँपालिकाले आगामी आवका लागि रु ३८ करोड ९० लाख ४० हजार ८२८ खर्च हुने अनुमानको बजेट ल्याएको छ । उपाध्यक्ष दिलीपकुमार पुनले बजेट प्रस्तुत गर्नुभएको थियो ।
आगामी आवका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु सात करोड ४१ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट रु छ करोड ५३ लाख ९२ हजार ६००, सशर्त अनुदान चालु रु १८ करोड ७६ लाख, सशर्त अनुदान पुँजीगत रु २५ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु ८८ लाख ८५ हजार, प्रदेश राजस्व बाँडफाँट रु ५९ लाख ७४ हजार, नेपाल सरकारबाट प्राप्त समपूरक अनुदान रु ९१ लाख, प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदान रु ४० लाख र समपूरक अनुदान रु ६० लाख, गत आवको अल्या रु ७७ लाख ८९ हजार २०८, गाउँपालिकाको आन्तरिक आय रु ३५ लाख प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष पुनले बताउनुभयो ।
तमानखोला गाउँपालिका
तमानखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि  रु ३३ करोड ४१ लाख छ हजार बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई विशेष प्राथमिकता राखेर बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमध्ये पुँजीगत खर्चतर्फ रु सात करोड ९४ लाख १७ हजार र चालु खर्चतर्फ रु २५ करोड ४६ लाख ८९ हजार बराबरको बजेट सार्वजनिक गरिएको हो । आगामी बजेटमार्फत पालिकाले शिक्षामा रु दुई करोड ५२ लाख ५० हजार र स्वास्थ्यतर्फ रु एक करोड ६४ लाख ५५ हजार बराबर विनियोजन गरिएको छ ।
निसीखोला गाउँपालिका
निसीखोला गाउँपालिकाले आगामी आव रु ५२ करोड २४ लाख २१ हजार बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष प्रेमबहादुर घर्तीले उक्त बजेत तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाले पर्यटक, कृषि तथा पूर्वाधार केन्द्रित बजेट ल्याएको हो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ