2026-10-06 10:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुराका सातवटै स्थानीय तहको बजेट सार्वजनिक

2025-06-25
काठमाडौँ । डडेल्धुराका सातवटै स्थानीय तहले मङ्गलबार आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन् ।
यहाँका पालिकाले विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेका हुन् । सबैभन्दा बढी बजेट परशुराम नगरपालिकाले प्रस्तुत गर्दै रु ८० करोड ४९ लाख ४१ हजार विनियोजन गरेको छ । नगर उपप्रमुख विमलाकुमारी बोहराले १७ औँ नगरसभामा बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार क्षेत्र प्राथमिकतामा परेको जानकारी दिनुभयो ।
अमरगढी नगरपालिकाले रु ५८ करोड २५ लाख ८८ हजार, आलिताल गाउँपालिकाले रु ५३ करोड २७ लाख २० हजार, अजयमेरु गाउँपालिकाले रु ५३ करोड दुई लाख ३८ हजार, गन्यापधुरा गाउँपालिकाले रु ४४ करोड ७४ लाख ५० हजार, भागेश्वर गाउँपालिकाले रु ५२ करोड ५७ लाख र नवदुर्गा गाउँपालिकाले रु ४६ करोड ७६ लाख १९ हजार बराबरको बजेट सार्वजनिक गरेका छन् ।
पालिकाहरुले सङ्घीय, प्रदेश र आन्तरिक स्रोतबाट जुट्ने आम्दानीको अनुमानका आधारमा खर्च विनियोजन गरेका छन् । अधिकांश पालिकाले आधारभूत सेवा, पूर्वाधार सुदृढीकरण, सामाजिक न्याय र समावेशी विकासमा जोड दिने जनाएका छन् । गाउँ तथा नगरसभा अधिवेशनमार्फत प्रस्तुत बजेटमध्ये केही सर्वसम्मत रूपमा पारित भइसकेका छन् भने केही पालिकामा छलफल जारी रहेको जनाइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो