2026-08-05 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हुम्लाका पाँच स्थानीय तहले ल्याए बजेट, दुई स्थानीय तह छलफलमै

2025-06-25
काठमाडौं ।  सबै स्थानीय तहले असार १० गते बजेट ल्याउनु पर्ने व्यवस्थाअनुसार हुम्लाका पाँच गाउँपालिकाले बजेट ल्याएका छन् ।
हुम्लाको सदमुकाम सिमकोटले रु ६४ करोड ३६ लाख ७० हजार २०३ को अनुमानित बजेट ल्याएको छ । पुँजीगततर्फ रु २४ करोड आठ लाख ६९ हजार छ भने चालुतर्फ रु ४० करोड २८ लाख एक हजार २०३ रहेको छ ।
क्षेत्रगत रुपमा ल्याएको उक्त बजेटमा आर्थिक विकासमा रु २४ करोड आठ लाख ६९ हजार बजेट विनियोजन गरिएको छ भने सामाजिक विकासमा रु एक करोड नौ लाख ५० हजार, पुर्वाधार विकासमा रु १९ करोड ४६ लाख ६९ हजार, वन वातावरण र विपद्मा रु १७ लाख ८० हजार तथा सुशासन एवं सङ्गठनमा रु ७० लाख ३१ हजार विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।
नाम्खा गाउँपालिकाले पनि मंगलबार नै बजेट ल्याएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो । उहाँका अनुसार पालिकाले रु ३७ करोड ६८ लाख ५० हजारको बजेट सभाबाट पारित गरेको बताउनुभयो ।
यस्तै खार्पुनाथ गाउँपालिकाले रु ४७ करोड ६४ हजार ४९९ को बजेट गाउँसभाबाट पारित गरेको छ । कुल बजेटमा पुँजीगततर्फ रु १९ करोड ८१ लाख पाँच हजार २६१ रहेको छ भने चालुतर्फ रु २७ करोड ८३ लाख ६४ हजार ४४९ रहेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो ।
सर्केगाड गाउँपालिकाले आगामी वर्षका लागि रु ५६ करोड ८३ लाख २९ हजार ६९२ बराबरको बजेट ल्याएकोे छ । त्यसमा चालुअन्तर्गत रु ३७ करोड ३३ लाख ७० हजार ६९२ र पुँजीगतअन्तर्गत रु १९ करोड ४९ लाख ५९ हजार विनियोजन गरिएको हो । यसमा कृषि उत्पादन वृद्धि, युवा स्वरोजगार, शिक्षा स्तरोन्नति, विपद् व्यवस्थापन तथा सडक पहुँच विस्तारमा प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले बताउनुभयो ।
यस्तै ताँजाकोट गाउँपालिकामामा आगामी आर्थिक वर्षका लागि रु ३६ करोड १५ लाख ९२ हजार ९२५ को बजेट पेस भएको छ । गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाले गाउँसभामा चालुतर्फ रु १८ करोड २३ लाख ९३ हजार ९२५ र पुँजीगत रु १७ करोड ९१ लाख ९९ हजार विनियोज गरिएका पेस गर्नुभएको छ । आज सभामा पेस गरिएको भए पनि भोलीदेखि निरन्तर गाउँसभाका सदस्यहरुको रायपश्चात् पारित गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समिक्षा अधिकारीले बताउनुभयो ।
आज सभामा पेस गरेको नीति तथा कार्यक्रम पास भएको भए पनि आगामी आवको बजेट गाउँसभामा पेस भएको बताउँदै गाउँसभामा पेस गरिएकोे अनुमानित बजेटमा पुर्वाधार, शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिँदै शिक्षामा रु दुई करोड ५० लाख, स्वास्थ्यमा रु ५० लाख र पूर्वाधार विकासमा रु दुई करोड विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनुभयो ।
गाउँपालिकाले नयाँ कार्यक्रमको रुपमा दलित बस्ती उत्थान कार्यक्रममा सात वर्षका लागि रु ३५ लाख विनियोजन गरेको छ भने स्थानीय पूर्वाधार कार्यक्रम र गाउँपालिकाको सहलगानिमा हुने कार्यक्रमका लागि रु दुई करोड दुई लाख विनियोजन गरिएको उहाँले बताउनुभयो ।
जिल्लाको तल्लो क्षेत्रमा रहेका अदानचुली गाउँपालिका र चङ्खेली गाउँपालिका बजेटको छलफलमै व्यस्त रहेका छन् । बजेट मङ्गलबार नै ल्याउने तयारी गरिएको भए पनि कार्यपालिकामा सहमति नजुट्दा बजेट ल्याउन नसकिएको बताइएको छ  ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु सुनचाँदीको मूल्यमा भारी वृद्धि यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग