३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिलो किस्ताबापतको स्थानीय तहमा करिब रु ८५ करोड निकासा

२१ भाद्र २०७४, बुधबार ०६:२८

भोजपुरको कुन गौपलिका मा कति बजेठ निकासा भयो हेर्नुहोस । 

भदौ २१, भोजपुर। भोजपुरका नौवटै स्थानीय तहका लागि सरकारबाट प्राप्त बजेटको पहिलो किस्ताको रकम निकासा गरिएको छ । 

पहिलो किस्ताबापतको जम्मा करिब रु ८५ करोड रकम निकासा गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालय भोजपुरले जनाएको छ । 

जिल्लाका कोष तथा लेखा नियन्त्रक ईश्वरीप्रसाद देवकोटाका अनुसार भोजपुर नगरपालिकामा रु ११ करोड ५३ लाख ४८ हजार, षडानन्द नगरपालिकामा रु १२ करोड ९८ लाख ९४ हजार निकासा गरिएको हो । 

त्यस्तै, अरुण गाउँपालिकामा रु १० करोड १३ लाख ४० हजार, आमचोक गाउँपालिकामा रु आठ करोड ८७ लाख ६७ हजार, ट्याम्के मैयुङ गाउँपालिकामा रु नौ करोड २१ लाख ५२ हजार, पौवादुङ्मा गापामा रु सात करोड २२ लाख ११ हजार, रामप्रसादराई गापामा रु आठ करोड ७३ लाख १३ हजार, साल्पासिलिछो गापामा रु सात करोड ४३ लाख छ हजार र हतुवागढी गापामा रु आठ करोड ८८ लाख ३३ हजार रकम निकासा भएको छ । 

पहिलो किस्ताको रकम भने झण्डै आर्थिक बर्ष शुरु भएको डेढ महिनापछि निकासा भएको हो । यहाँका स्थानीय तहले समयमै बैंक खाता नम्बर नपठाएकाले ढिला भएको कार्यालयको भनाइ छ । रकम निकासा गरिएपछि यता नगरपालिका, गाउँपालिकाले नगरसभा र गाउँसभा धमाधम गरिरहेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक