2026-08-27 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिलो किस्ताबापतको स्थानीय तहमा करिब रु ८५ करोड निकासा

भोजपुरको कुन गौपलिका मा कति बजेठ निकासा भयो हेर्नुहोस । 

भदौ २१, भोजपुर। भोजपुरका नौवटै स्थानीय तहका लागि सरकारबाट प्राप्त बजेटको पहिलो किस्ताको रकम निकासा गरिएको छ । 

पहिलो किस्ताबापतको जम्मा करिब रु ८५ करोड रकम निकासा गरिएको कोष तथा लेखा नियन्त्रण कार्यालय भोजपुरले जनाएको छ । 

जिल्लाका कोष तथा लेखा नियन्त्रक ईश्वरीप्रसाद देवकोटाका अनुसार भोजपुर नगरपालिकामा रु ११ करोड ५३ लाख ४८ हजार, षडानन्द नगरपालिकामा रु १२ करोड ९८ लाख ९४ हजार निकासा गरिएको हो । 

त्यस्तै, अरुण गाउँपालिकामा रु १० करोड १३ लाख ४० हजार, आमचोक गाउँपालिकामा रु आठ करोड ८७ लाख ६७ हजार, ट्याम्के मैयुङ गाउँपालिकामा रु नौ करोड २१ लाख ५२ हजार, पौवादुङ्मा गापामा रु सात करोड २२ लाख ११ हजार, रामप्रसादराई गापामा रु आठ करोड ७३ लाख १३ हजार, साल्पासिलिछो गापामा रु सात करोड ४३ लाख छ हजार र हतुवागढी गापामा रु आठ करोड ८८ लाख ३३ हजार रकम निकासा भएको छ । 

पहिलो किस्ताको रकम भने झण्डै आर्थिक बर्ष शुरु भएको डेढ महिनापछि निकासा भएको हो । यहाँका स्थानीय तहले समयमै बैंक खाता नम्बर नपठाएकाले ढिला भएको कार्यालयको भनाइ छ । रकम निकासा गरिएपछि यता नगरपालिका, गाउँपालिकाले नगरसभा र गाउँसभा धमाधम गरिरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वदलीय बैठकले गर्‍यो १० बुँदे साझा संकल्प प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक