2026-09-19 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिँचाइ नहर मर्मतपछि सिँचाइ सुचारु

भदौ २१, विराटनगर। सुनसरी मोरङ सिँचाइ आयोजनाको मूलनहरमा मर्मत गरिएपछि आजबाट सिँचाइ पूर्ववत् रुपमा सुचारु भएको छ । 

साउन २७ र २८ गतेको अविरल वर्षासँगै आएको बाढीले मूलनहरको विभिन्न ठाउँ तथा शाखा नहरमा क्षति पु¥याएको थियो । मूलनहरमा क्षति पु¥याएको पाँच ठाउँमा र विभिन्न शाखा नहरमा मर्मत गरी आजबाट पानी छोडिएको सो आयोजनाका प्रमुख कुञ्जनभक्त श्रेष्ठले जानकारी दिनुभयो । 

सुनसरी र मोरङको ६८ हजार हेक्टरमा सिँचाइ गरिँदै आएको सो मूलनहरको चतरादेखि मोरङसम्मको दुरी ५३ किलोमिटर पर्दछ । बाढीका कारण ४२ किलोमिटर क्षेत्र लोहन्द्रा साइफनमा क्षति पुगेको छ । साइफनमा क्षति पुगेपछि विभिन्न शाखामा पानी छोड्ने अवस्था छ्रैन् । मर्मतमा बढी समय लाग्ने भएकाले वैकल्पिक व्यवस्था गरेर सिँचाइ सुविधा प्रदान गरिएको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । 

“खोलाको पानीलाई शाखा नहरमा छिराएर सिँचाइ सुचारु गरेका छौँ,” उहाँले भन्नुभयो । मूलनहरको झुम्कामा तीन ठाउँ, खनार र पर्सेनीस्थित नेता चौकमा एक÷एक ठाउँमा मर्मत गरिएको छ । विभिन्न शाखा मर्मत गरी खोलाको पानीलाई नहरबाट बग्ने व्यवस्था मिलाएर सिँचाइको सुविधा पु¥याइएको छ । 

आपातकालीन मर्मतमा रु एक करोड खर्च भएको छ । नहर मर्मतको काम जारी रहेको र किसानको आवश्यकताअनुरुप पानी छोडिएको आयोजनाले जनाएको छ । तत्काल ३० हजार हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ । विराटनगर, शङ्करपुर, सुक्सेना शाखा र हरिनगरा शाखाको तल्लो भागमा क्षति भएकाले आधा भागसम्म मात्र सिँचाइ पुग्ने बताइएको छ । रामधुनी सिघिँया, विश्रामपुर, झुम्का, रामगञ्ज, सीतागञ्ज, वरियातिलगायतका शाखामा सिँचाइ सुविधा सुचारु भएको छ । सो नहरमा रु ८५ करोडभन्दा बढी क्षति पुगेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई