३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कञ्चनपुरमा माछापालनको रकम सामाजिक क्षेत्रमा

२१ भाद्र २०७४, बुधबार १०:४९

भदौ २१, कञ्चनपुर। बेलौरी नगरपालिका– ५ शोभातालका बासिन्दा माछापालनको रकम सामाजिक क्षेत्रमा खर्चदै आएका छन् । 

सडकमा ग्राभेल राख्न, विद्यालयको पूर्वाधार विकास गर्न, विवाह, ब्रतवन्ध, बिरामी पर्दा, स्थानीय युवाले सामाजिक क्षेत्रमा जनचेतना जगाउनका लागि गठन गरेको क्लब र असहायको भरणपोषणका लागि माछापालनबाट प्राप्त आम्दानी यहाँका बासिन्दाले खर्चदै आएका छन् । 

शोभाताल समितिमा आवद्ध ७९ जनाले सामूहिक रुपमा चार वर्षदेखि माछापालन गर्दैआएका छन् । माछापालनबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी हुने गरेको छ । माछापालन गरेबापत नगरपालिकालाई रु एक लाख ५० हजार तथा बाँकी रकम कोषमा जम्मा गरिँदै आएको समितिका अध्यक्ष राधेश्याम चौधरीले बताउनुभयो । 

“कोषको रकम समितिमा आवद्ध नागरिकको आर्थिक अवस्थमा सुधार ल्याउन सयकडा एक प्रतिशत व्याजमा कुखुरा, बंगुर, बाख्रा, उन्नत नश्लका गाई भैंसी पाल्न, किराना पसल सञ्चालन गर्न तथा सीपमूलक व्यवसायमा लगानी गर्दै आएका छौं” उहाँले भन्नुभयो । 

समितिमा आवद्धलाई विवाह ब्रतबन्ध गर्न र बिरामी परेका बेला आर्थिक अभाव हुँदा कोषकै रकम उपलब्ध गराउने गरिएको छ । छोटो अवधिका लागि ब्याज नलिने चौधरीको भनाइ छ । व्यापार व्यवसायका लागि रु १० हजारदेखि रु एक लाखसम्म तथा सोही अनुपातमा विवाह, ब्रतवन्ध र बिरामीका लागि रकम उपलब्ध गराइन्छ । 

सामाजिक क्षेत्रको विकास र असहायका लागि हालसम्म रु चार लाख खर्च भएको छ । स्थानीय क्लबलाई प्रतिवर्ष रु सात हजारदेखि रु १० हजारका दरले रकम कोषबाट उपलव्ध गराइन्छ । छ हेक्टर क्षेत्रफलमा फैलिएको तालमा कमन, नैनी, भ्याकुर, रोहु, सिल्भरग्रास र विगेट जातका माछापालन हँुदै आएको छ । 

गत वर्ष तालमा ४५ हजार माछाका भूरा राखिएकामा यस बर्ष ९१ हजार विभिन्न जातका भूरा राखिएको छ । स्थानीय बजारमै माछाको खपत हुन्छ । छ हेक्टर क्षेत्रफलमा फैलिएको शोभाताल संरक्षणको अभावमा पुरिँदै गएको छ । तालको पश्चिमी क्षेत्रमा वर्षातको पानीसँगै बगेर आउने माटो र पातपतिङ्गरका कारण ताल पुरिन थालेको छ । 

“तालको तीन विघा क्षेत्र माटोले पुरिएको छ,” अध्यक्ष चौधरीले भन्नुभयो । ताल संरक्षणका लागि रकम अभाव भएको छ । ताल पुरिने खतरा बढ्दै गएको छ । चैतदेखि तालको पानी सुक्न थाल्छ । ताल वरिपरिको अठार कठ्ठाभन्दा बढी जग्गा अतिक्रमणको चपेटामा परेको समितिले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक