काठमाडौँ | नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। यससँगै बिहीबार छापावाल सुन तोलामा १ लाख ९२ हजार १ सय रुपैयाँ कायम भएको छ।
यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । यससँगै बुधबार २१ सय ४५ रुपैयाँ रहेको चाँदी बिहीबार तोलामा २१ सय ७० रुपैयाँ कायम भएको छ।