2026-10-05 06:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सेयर बजारमा नेप्से बढ्यो, १२२ कम्पनीको मूल्य बढ्दा १२५ को घट्यो

काठमाडौँ । बिहीबार सेयर बजारले २७ सय अंक पार गरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.१४ अंक बढेसँगै २७०३ मा कायम भएको छ बजार बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ९ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ९ अर्ब ६४ करोडको भयो ।

१२२ कम्पनीको मूल्य बढ्दा १२५ को घट्यो । आज फाइनान्समा आकर्षण देखिएको छ । बजार घट्दा यहीं सेक्टर सबैभन्दा धेरै घटेको थियो । गत आइतबारदेखि बजार बढे पनि फाइनान्सको प्रदर्शन कमजोर रहँदै आएको थियो ।

आज बिहीबार भने एकै दिन यो समूह ४.०९ प्रतिशत बढेको छ । त्यस्तै जीवन बीमा २.६२, निर्जीवन बीमा २.२४ प्रतिशत बढे । बैंकिङ ०.३१, विकास बैंक १.२०, उत्पादन तथा प्रशोधन ०.३९ र अन्य समूह ०.०३ प्रतिशत बढे ।

 

व्यापार १.२९, माइक्रोफाइनान्स ०.२२, लगानी ०.७७, हाइड्रोपावर ०.५९ र होटल तथा पर्यटन समूह ०.०७ प्रतिशत घटे । नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै खानीखोला हाइड्रोपावरको ७.१७, समृद्धि फाइनान्सको ७.०८, भूगोल इनर्जीको ६.७८ तथा सयपत्री हाइड्रोपावरको ६.५७ प्रतिशत मूल्य बढ्यो ।

सप्तकोशी विकास बैंक र गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । धौलागिरि लघुवित्तको ५.५५ तथा पाँचथर पावरको ३.७९ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा बुटवल पावर, साहस ऊर्जा, सप्तकोशी विकास बैंक, राधि विद्युत् र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता