2026-08-27 12:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उर्लाबारीमा पुल त बन्यो, तर बाटो छैन

भदौ २३, मोरङ। निर्माण सम्पन्न भएको दुई महिना बितिसक्दा पनि मोरङको उर्लाबारी–९ स्थित मावा खोलाको पुल सञ्चालनमा आउन नसक्दा स्थानीयवासीलाई आवत–जावतमा समस्या भएको छ । 

मोरङ र झापा जिल्लालाई जोड्ने सेतुमारीस्थित मावा खोलाको पुल बाटो नहुँदा सञ्चालनमा आउन नसकेको हो । उर्लाबारी–९ र दमक–१० जोड्ने मावा खोलामा जिल्ला समन्वय समिति झापाको रु चार करोड २१ लाखको लागतमा पुल निर्माण भएको हो । 

पुलको निर्माण कार्य जेठ पहिलो सातामै सम्पन्न भएपनि मोरङतर्फको करिब ५०० मिटर बाटो नबन्दा पुल सञ्चालनमा आउन सकेको छैन जसका कारण सो क्षेत्रका स्थानीयवासीलाई आवात–जावतमा समस्या भएको छ । ६६ मिटर लम्बाई र ५.४५ मिटर चौडाइको पुलको निर्माण कार्य काठमाडौँको बिटी निर्माण सेवाले सम्पन्न गरेको पुल रेखदेख समितिका अध्यक्ष अम्बिका खनालले जानकारी दिनुभयो । 

पुल बनिसके पनि उर्लाबारी तर्फको ५०० मिटर बाटो निर्माणको प्रक्रिया अझै शुरु हुन सकेको छैन । बाटो नबन्दा स्थानीय बासिन्दा अन्यौलमा परेका छन् । उक्त पुल निर्माणमा प्राविधिक सहयोग पु¥याएको लोकल रोड एण्ड ब्रिज कार्यक्रमका टेक्निकल अफिसर सर्वेन्द्र चौधरीले पुल पश्चिमतिर दुईवटा कल्भर्टसहित करिब ५०० मिटर नयाँ बाटो निर्माण गर्नुपर्ने बताउनुभयो । 

तर बाटो निर्माणको प्रक्रिया अघि नबढ्दा पुल निर्माण सम्पन्न भए पनि प्रयोगमा आउन नसकेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन