2026-08-27 12:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नदी नियन्त्रणका लागि बजेट अपुग

भद्रपुर, २३ भदौ । जिल्लाका प्रमुख चारवटा नदी नियन्त्रणको कार्यलाई सञ्चालन गर्न बजेट अपुग भएको छ । 

चालू आर्थिक वर्ष २०७४/७५ मा नदी नियन्त्रण गर्न रु ३८ करोड ४६ लाख बजेट अपुग भएको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय गैडे झापाले जनाएको छ । 

आव २०६६/६७ मा स्थापना भएको सो कार्यालयले २९ किमी लम्बाइ भएको कन्काई, ६६ किमी लम्बाइ भएको रतुवा, ४४ किमी लम्बाइ भएको विरिङ र २५ किमी लम्बाइ भएको कमल नदी नियन्त्रणको कार्य गर्दैआएको छ । 

हालसम्म सो कार्यालयले कन्काईमा १०.९३ किमी, रतुवा १४.९३ किमी, विरिङ ३.३५ किमी र कमलमा १.६४ किमी तटबन्ध गरेको डिभिजन प्रमुख कैलाश श्रेष्ठले जानकारी दिनुभयो । यी चारवटै नदीको कूल लम्बाइ १६४ किमी रहेको छ । हालसम्म रु ३१ करोड ३० लाख खर्च गरेर कूल ३०.८५ किमी तटबन्ध निर्माण गरेको छ । 

रतुवा नदीमा रु आठ करोड ५० लाख, कमल नदीमा रु दुई करोड, कन्काई नदीमा रु पाँच करोड ६१ लाख र विरिङमा रु छ करोड नौ लाख तटबन्धमा खर्च भएको छ । नदी नियन्त्रणको कार्यलाई निरन्तरता दिन बजेट अभाव रहेको श्रेष्ठको भनाइ छ । 

कन्काई नदीले किच्चकडाँगी, विसुडुब्बा, रंगीया थान, बिर्खे बस्ती, आपगाछी, भ्याकुरमारी र आँपटारी, रतुवा नदीले चप्रामारी, दुवाटोली, महादेवस्थान, झर्का, मुन्सी गाडा, दमक १० र पिडाली चोक, कमल नदीले कमल गाउँपालिका १, २ र ३ सरङ्गपारा ढेंग्री, शिवसत्ताक्षी १, ३ र ४, विरिङ नदीले बाह्रदशी गाउँपालिका ४ र ७ को चकचकी र तुल्सीबारी, कन्काई नगरपालिकाको ९ घैलाडुब्बा, बुद्धशान्ति गाउँपालिका–९ को होक्से, बाह्रदशी गाउँपालिकाको डाँगीबारी, अर्जुनधारा नगरपालिका–१ को मदनपुर र अर्जुनधारा नगरपालिकाको रमाइलोबस्ती डुबान तथा कटान गर्ने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन