2026-10-05 04:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साताको दोस्रो दिन नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । निरन्तर वृद्धि हुँदै आएको नेप्से सात दिनपछि घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । बजार बन्द हुँदा नेप्से परिसूचक २२.३५ अङ्कले घटेर २६८४.०१ को विन्दुमा झरेको हो ।

बजारसँगै कारोबार रकममा पनि केही गिरावट आएको छ । दिनभरमा कुल ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँभन्दाको शेयर किनबेच भएको छ । आज बजारमा कुल ७१ हजार ३१३ पटकको कारोबारमा १ करोड ९४ लाख १५ हजार कित्ता शेयर खरिद बिक्री भएका छन् ।

आज कारोबारमा आएका कुल ३११ स्क्रिपमध्ये अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। जम्मा ३९ कम्पनीको मूल्य बढ्दा २०९ कम्पनीको मूल्यमा गिरावट आएको छ । आज कुनै पनि कम्पनीको सेयर मूल्य अपरिवर्तित रहेन ।

उच्च गिरावटका बाबजुद आज होटल तथा पर्यटन तथा म्युचुअल फण्ड समूहका परिसूचक बढेका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ३.७६ प्रतिशतले घटेको छ । बजार समग्रमा ओरालो लागे पनि माथिल्लो मैलुङखोला हाइड्रोका लगानीकर्ताले सर्वाधिक ६.५६ प्रतिशत कमाएका छन्। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.२८ प्रतिशत र भगवती हाइड्रोपावरको ४.०६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रह्यो । कम्पनीको ८० करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसैगरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४१ करोड ७१ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २४ करोड १७ लाख रुपैयाँको कारोबार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह