2026-09-08 02:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ललितपुरका बासिन्दा लघु उद्यममा स्वरोजगारतर्फ आकर्षण

भदौ २३, ललितपुर। शहरी गरिबीको अवस्थामा रहेका ललितपुर महानगरपालिकाको मंगलबजार क्षेत्र वरपरका कतिपय वासिन्दा विभिन्न आयमूलक व्यवसायमार्फत स्वरोजगार बन्न लागेका छन् । 

महानगरपालिकाको सहयोग तथा समन्वयमा सशक्तीकरण समाज (स्टेप) नेपालद्वारा सञ्चालित सहरी गरिबउन्मुख पर्यटन पुनरुत्थान परियोजनाले मंगलबजार र वरिपरिका क्षेत्रहरु वडा नं. ११, १६ र २० का १२१ जना स्थानीय व्यक्तिलाई विभिन्न तालिम प्रदान गरेपछि उनीहरु व्यवसायतर्फ आकर्षित भएका हुन् । 

शहरी गरीबलाई लक्षित गरी परियोजनाले नेपाली कागजबाट उत्पादित सामग्री, क्रिस्टलबाट निर्मित सामग्री, झोला र पर्स, नेपाली संस्कृति झल्काउने टिर्सट प्रिन्ट, सेरामिक्सवाट निर्मित सामग्री, काठका बुट्टेदार सजावट सामग्री, ऊनीका सामग्रीहरु, अर्गानिक हर्बल चिया, सिस्नो पाउडर आदि पर्यटनजन्य सामग्री उत्पादनसम्बन्धी छ महिनाको तालिम प्रदान गरेको थियो । 

तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै वडा नं ११ का वडाध्यक्ष इन्द्रमान महर्जनले सहभागीहरुले उत्पादन गरेका सामानलाई बजारीकरणमा महानगरपालिकाले सहयोग गर्ने बताउनुभयो । 

सो अवसरमा पर्यटनविज्ञ रविजंग पाण्डेले उनीहरुले बनाएका समानहरुमा गुणस्तर बढाएर पर्यटकीय सम्पदा मार्गमा बिक्री प्रवद्र्धन गर्नसके राम्रो लाभ लिन सकिने धारणा राख्नुभयो । 

कार्यक्रमका सभापति तथा स्टेप नेपालका अध्यक्ष दलबहादुर जिसीले सहभागीहरुबाट उत्पादित सामग्रीहरुको बजारीकरण गर्न सकिएमा तालिमको सार्थकता हुने बताउनुभयो । सो अवसरमा सहभागीहरुले बनाएका सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो । 

स्थानीयस्तरमा उत्पादन नभए पनि कच्चा पदार्थ अन्यत्रबाट ल्याएर ती सामग्रीमा विशेष सीप र कला देखाई पर्यटकले रुचाउने खालका आकर्षक र ठीक साइजका बनाउने र घरमै बसीबसी पनि अतिरिक्त आम्दानी गर्न सकिने उहाँको भनाइ थियो । 

परम्परागत स्थानीय कला विशेषतः घरेलु हस्तकलाका सामग्रीहरु उत्पादन र बिक्री गर्ने पर्यटकीय थलोको रुपमा चिनिएको मगंलबजार क्षेत्रमा यस तालिमले ललितपुर महानगरपालिकाका चारवटै वडाका स्थानीय बेरोजगार, अर्धवेरोजगार युवायुवती एवम् गृहिणीलाई विभिन्न प्रकारका पर्यटन सम्बद्ध क्रियाकलापमा संलग्न गराउने उद्देश्यले परियोजनाले क्षमता अभिवृद्धिमा जोड दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल