सुनचाँदीको मुल्य बढ्यो

साझासवाल
1 Min Read

काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार आज छापावाल सुनको मूल्य तोला ११ सयले बढेको हो । यसअघि शुक्रबार एक लाख ९१ हजार ८०० मा कारोबार भएको सुन आज तोलाको एक लाख ९२ हजार ९०० मा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर तोलाको २२८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share This Article