2026-08-31 10:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विस्थापित हुँदै चितवनको इँटा व्यवसाय

नारायण अधिकारी। भदौ २५, चितवन। गुणस्तरीय इँटा उत्पादन हुने जिल्लाको रुपमा परिचित यहाँको इँटा भट्टा चौतर्फी समस्याले घेरिएसँगै विस्थापन हुने स्थितिमा छ । 

विसं.२०२५ तिर जिल्लामा ४५ हजाराको हारहारीमा इँटा भट्टा रहेकामा हालसम्म आइपुग्दा १८ वटामा झरेको छ । हाल जिल्लाको रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा इँटा भट्टा छन् । इँटा उद्योग संघका जिल्लाअध्यक्ष नारायण सापकोटा गुणस्तरीय माटो अभाव, जनघनत्व वृद्धि, सहजरुपमा मजदुर नपाउनु, विभिन्न निकायलाई कर र चन्दाजस्ता समस्याका कारण उद्योग विस्थापित हँुदै गएको बताउनुहुन्छ । उहाँकाअनुसार नगरपालिका, जिल्ला समन्वय समिति र आन्तरिक राजश्व कार्यालयलाई फरक÷फरक कर तिर्नुपर्ने बताउनुहुन्छ । 

जनघनत्व बढ्दै गएकाले स्थानयवासीको दबाबमा बाटो, पुल, टोल, क्लब, विद्यालय, कुलोलगायतलाई चन्दा दिनुपर्ने बाध्यता पनि बढ्दै गएको छ । मजदुरलाई अग्रिम पैसा तिर्नुपर्ने हुन्छ भने कोइलालगायतका कच्चा पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा थप समस्या भएको छ । 

इँटा उद्योग महासंघका सचिवसमेत रहनुभएका सापकोटाकाअनुसार जिल्लामा आवश्यकपर्ने ७५ प्रतिशत इँटा यहाँको उत्पादनले धानेको छ । बाँकी इँटा तराईका जिल्लाबाट आउने गर्दछ । यहाँ आउने कम गुणस्तरका (‘बि’ ग्रेडका) इँटासँग जिल्लामा उत्पादित उच्च गुणस्तर (‘ए’ ग्रेडका) इँटासंग दाज्ने गरेकाले पनि समस्या आउने गरेको सापकोटाले बताउनुभयो । यहाँका सबै व्यवसायी मूल्य अभिवृद्धि करमा दर्ता छन् । 

संघका पूर्व अध्यक्ष विनोद श्रेष्ठकाअनुसार बालुवा नमिसिएको चिम्ट्याइलो माटो इँटाका लागि आवश्यक पर्दछ । त्यस्तो माटो नहुँदा यसैवर्ष एक उद्योग जिल्लाबाट विस्थापित हुनुपरेको बताउँदै उहाँले अर्को एक उद्योग नोक्सान धान्न नसकेर बन्द भएको बताउनुभयो । 

श्रेष्ठकाअनुसार एउटा उद्योग खोल्न कम्तीमा दुई करोड खर्च हुने गर्दछ । खर्च धान्न नसके र नै ती उद्याग बन्द भएका हुन् । 

समयमा नै समस्या निराकरण गर्न नसके सबै उद्योग विस्थापित हुनसक्ने श्रेष्ठको चिन्ता छ । कुनै मौसममा अस्वभाविक हावाहुरी र वर्षाका कारण सुकेका इँट्टा पूर्णरुपमा क्षति हुँदा पनि ठूलो नोक्सान हुने गरेको व्यवसायीहरू बताउछन् । जिल्लामा रहेका भट्टामा कम्तीमा एक सय ५० भन्दा बढी मजदूर आवश्यक पर्दछ । सम्पूर्ण मजदूर बाहिरी जिल्लाबाट झिकाउनुपर्ने हुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने