2026-10-05 11:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व सङ्कलनमा वृद्धि

2025-07-17
मुलुकको राजस्वको ढुकुटीमा सबैभन्दा बढी योगदान पु¥याउने वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षमा राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि गरेका छन् ।
वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ भरिमा रु दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेमा सो अवधिमा भने लक्ष्यको ८० दशमलव ३५ प्रतिशत अर्थात् रु एक खर्ब ७५ अर्ब ९३ करोड राजस्व सङ्कलन गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा कार्यालयले करिब रु साढे १८ अर्ब राजस्व सङ्कलन वृद्धि भएको जानकारी दिनुभयो । “कार्यालयले गत आर्थिक वर्षमा राजस्व सङ्कलनमा भने उल्लेखनीय मात्रामा वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “यहाँको राजस्व सङ्कलनको मुख्य हिस्सा भने पेट्रोलियम पदार्थ र सवारी साधनको आयात नै हो ।”
वीरगञ्ज भन्सार कार्यालयले आव २०८०÷८१ मा भने रु दुई खर्ब ४५ अर्ब ८८ लाख ५० हजार ८१ हजार सङ्कलन गर्ने लक्ष्य पाएको थियो । सो अवधिमा कार्यालयले लक्ष्यको ६४ दशमलव एक प्रतिशत अर्थात् रु एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रकम मात्रै राजस्व सङ्कलन गरेको थियो । वीरगञ्जकै अर्काे सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि गत आर्थिक वर्षभरिमा रु ४९ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
भन्सार विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई आव २०८०/८१ मा रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार रकम राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । कार्यालयले सो अवधिमा भने वार्षिक लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत अर्थात् रु ४७ अर्ब ३१ करोड एक लाख ९० हजार रकम राजस्व सङ्कलन गरेको थियो
प्रमुख भन्सार प्रशासक लामिछानेले वीरगञ्जका दुवै भन्सार कार्यालयले गत आव भरिमा समग्रमा रु दुई खर्ब २५ अर्ब ९५ करोड राजस्व सङ्कलन गरेको जानकारी दिनुभयो । “मुलुकभरिमा कुल भन्सार राजस्व रु चार खर्ब ८४ अर्ब सङ्कलन भएको छ, जसमध्ये यहाँका दुई भन्सार कार्यालयको समष्टिगत हिस्सा भने ४६ प्रतिशत रहेको छ”, उहाँले भन्नुभयो, “दुवै भन्सार कार्यालयले समग्रमा अघिल्लो आवको तुलनामा गत आवमा मात्रै १४ प्रतिशत राजस्व सङ्कलनमा वृद्धि भएको छ ।”
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपालले अघिल्लो आवको तुलनामा गत आर्थिक वर्षमा अर्थतन्त्रमा केही सहजता हुुँदा राजस्व सङ्कलनमा वृद्धि भएको बताउनुभयो । “अर्थतन्त्रमा केही सुधारका सङ्केत देखा परेकाले पनि राजस्व सङ्कलनमा केही सुधार देखिएको छ”, उहाँले भन्नुभयो, “नेपालको अर्थतन्त्र आयातमुखी भएकाले पनि युवा वर्ग विदेशतर्फ पलायन हुँदा खपतमा समस्या पनि यथावत नै छ ।”
वरिष्ठ उपाध्यक्ष राजपालले नेपाल र भारतबीच एक हजार ७०० किलोमिटर खुला सीमा नाका भएकाले पनि अनौपचारिक ढङ्गले आयात हुँदा पनि लक्ष्य भेट्टाउन कठिन भएको बताउनुभयो । “हाम्रोमा राजस्वमा लक्ष्य वास्तविकभन्दा पनि धेरै ठूलो राख्ने गरिन्छ, जसले गर्दा पनि सहजै लक्ष्य भेट्टाउन मुस्किल पर्ने गर्छ”, उहाँले भन्नुभयो, “राज्यले लगानीमैत्री वातावरण गरेर मुलुकको अर्थतन्त्र सुधार गर्नेतर्फ ध्यान दिन जरुरी भइसकेको छ ।”
वरिष्ठ उपाध्यक्ष राजपालले विगतको तुलनामा सो आर्थिक वर्षमा आयात र निर्यात दुवैमा वृद्धि भएकाले पनि मुलुकको शिथिल भएको अर्थतन्त्रलाई चलायमान गराउनेतर्फ अब सबै निकायले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने