नेप्से परिसूचक ४७.९३ अंकले घट्यो

साझासवाल
1 Min Read

काठमाडौँ | साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से परिसूचक ४७.९३ अंक(१.५९ प्रतिशत) ले घटेर २९५४.१४ बिन्दुमा पुगेको छ ।

बुधबार १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 

कारोबारमा आएका कम्पनीहरुमध्ये २३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २२६ को घटेको छ । आज सान्भी इनर्जी र ट्रेड टावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले सर्वाधिक गुमाएका छन् ।