Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको मूल्य घट्यो,कतिमा हुदैछ सुनको कारोबार ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाली बजारमा बिहीबार (साउन १५) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँ कायम छ । बुधबार (साउन १४) छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि एकैदिन तोलामा ४० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार २७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।