2026-10-02 06:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१२ करोड डुबाउने सुन पसल प्रकरणमा राजनीतिको छायाँ, पीडितसँग प्रमाण पनि छैन, भरोसा पनि छैन

काठमाडौँ | मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित रमाइलो बजारमा सञ्चालित ‘अधिकारी सुन पसल’का सञ्चालक मोहन अधिकारी र उनका छोरा मनोज अधिकारीमाथि ४१ भन्दा बढी परिवारको करिब १२ करोड रुपैयाँ ठगी गरेको गम्भीर आरोप लागेको छ।

वैदेशिक रोजगारीमा पसिना बगाएका युवा, ज्यालादारी मजदुरदेखि लिएर विपन्न परिवारसम्मले उच्च ब्याजको प्रलोभनमा आफ्नो जीवनभरको बचत उक्त सुन पसलमा राखेका थिए। मनोज अधिकारी, जो स्थानीय एमाले नेता र कानेपोखरी अस्पतालका सञ्चालक समिति सदस्यसमेत हुन्, उनले स्थानीयवासीको विश्वास जित्दै रकम संकलन गरेका थिए भने पसलको जिम्मेवारी उनका बुबा मोहन अधिकारीले लिएका थिए। लेनदेनका कागजातमा मनोज र उनकी श्रीमतीको समेत हस्ताक्षर भेटिएको पीडितहरूले बताएका छन्।

सम्पत्ति भने सबै आमाको नाममा राखिएको पाइएको छ। एक पीडित ऋषिकेश लम्सालका अनुसार, उनका आफन्तसहित १२ लाख ७६ हजार रुपैयाँ डुबेको छ भने पीडित विष्णुमाया गिरीले आफू र आफन्तको गरेर ३० लाख रुपैयाँ जोडीएको बताएकी छन्। अधिकारी परिवार सम्पर्कविहीन भएपछि पीडितहरूले अनौपचारिक ‘ऋण असुली समिति’ गठन गरेका थिए, तर अहिले त्यो समिति पनि विवादमा तानिएको छ। पीडितहरूले सहयोगका लागि राष्ट्रिय भूमि आयोग मोरङका अध्यक्ष नविन पौडेललाई गुहार गर्दा पौडेलमाथि नै व्यक्तिगत लाभ उठाउने प्रयास गरेको आरोप लागेको छ।

अधिकारीको नाममा रहेको करिब एक बिघा जग्गा हाल काँशीराज थापाको नाममा पास गरिएको छ, जसलाई पौडेलले प्लटिङ गरी बेचेर ऋण फिर्ता गर्ने योजना अघि सारेका छन्। तर पीडितहरूले त्यो प्रक्रिया अपारदर्शी र विवादास्पद भएको बताएका छन्। कानूनी रूपमा व्यक्तिगत सुन पसलमा रकम राख्नु गैरकानुनी मानिने भएकाले प्रमाण अभाव र कानूनी डरले पीडितहरू प्रहरी वा अदालतमा जान नसेको गुनासो गरेका छन् ।

२०८१ मंसिर २७ गते कानेपोखरी–६ का परशुराम फुयालले न्यायिक समितिमा उजुरी दिएका थिए र मंसिर २८ र पुष १ गते दुईपटक छलफल भए पनि मनोजकी आमा बाटुली अधिकारी दोस्रो छलफलमा नआएपछि प्रक्रिया अवरुद्ध भएको छ। न्यायिक समितिले त्यसयता चासो नदेखाएको भन्दै पीडितहरू आक्रोशित छन्। आरोपी मनोज अधिकारी हाल अमेरिका छन् भने उनका बुबा मोहन अधिकारीको पनि अवस्था अज्ञात छ। पीडितहरूले ठगीको सम्पूर्ण रकम फिर्ता, दोषीलाई कारबाही, जग्गा प्लटिङमा पारदर्शिता, र राजनीतिक संरक्षणको छानबिनको माग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता