काठमाडौँ | स्थानीय बजारमा सुकेको प्याजको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सुकेको प्याजको भाउ बढेको देखाएको हो । कालीमाटी बजारमा मंगलबार सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४२ देखि अधिकतम ४४ रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो सोमबार सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ४२ रुपैयाँमा किनबेच भएको थियो ।साउन पहिलो साता प्याज प्रतिकिलो ४५ देखि ४८ रुपैयाँमा किनबेच भएको थियो । यस्तै जेठ अन्तिम साता भने सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३६ देखि अधिकतम ३८ रुपैयाँमा किनबेच भएको थियो । प्याजको मूल्य थोरै मात्रामा मात्र घटबढ हुने व्यवसायीहरू बताउँछन् ।