2026-10-05 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा ९.२२ अंकको गिरावट

काठमाडौँ | साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अङ्कको गिरावट आएको छ । बजार खुलेदेखि नै उतारचढावपूर्ण रहेको नेप्से अन्त्यमा ९.२२ अङ्क घटेर २७५७.९७ को बिन्दुमा बन्द भएको हो । परिसूचकसँगै आज कारोबार समेत करिब ५ अर्ब रुपैयाँमा सीमित भएको छ । दिनभरमा कुल ३१९ स्क्रिपका १ करोड ६८ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ करोड कारोबार भएको हो ।

सर्वाधिक कमाउने कम्पनीमा विकास हाइड्रो सबैभन्दा अगाडि छ । उक्त कम्पनीमा आज ९.९९ प्रतिशत वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै गिरावट भने जनउत्थान सामुदायिक लघुवित्त संस्थाको ४.५६ प्रतिशत बराबर रह्यो ।

कारोबार रकमको आधारमा आज हिमालयन पुनर्बीमा कम्पनीले अग्रता लिएको छ। कम्पनीको २४ करोड ९५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको २० करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । यो साता पाँच दिनमध्ये तीन दिन बजार परिसूचक घट्यो भने २ दिन बढ्यो । योसमेत गरी सातामा बजारमा ३०.३९ अङ्कको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर