2026-10-05 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक ५३.०१ अंकले बढ्यो

काठमाडौँ | धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५३.०१ अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १.९१ प्रतिशतले बढेर २८१९.१० विन्दुमा बन्द भएको छ । बुधबार कारोबार रकम साढे तीन अर्बले बढेको छ । सात अर्ब ६८ करोड ३३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । मंगलबार चार अर्ब १८ करोड ६३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । मंगलबारको तुलनामा सेयर कारोबार रकम तीन अर्ब ४९ करोड ८० लाख रुपैयाँले बढेको हो ।

यस दिन एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ । आज हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बिमा कम्पनी र ग्रीन भेन्चर लिमिटेडको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६५ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी नेपाल पुनर्बिमाको ५० करोड ५२ लाख र ग्रीन भेन्चरको ४६ करोड ५३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

आज २३२ कम्पनीको सेयरमूल्य बढेको छ । १९ कम्पनीको सेयरमूल्य घटेको छ । विकास हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४७ रुपैयाँले बढेको छ । कारोबारमा आएका १३ वटै समूहगत परिसूचक बढेको छ । विकास बैंक समूहको परिसूचक ३.४० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर