2026-10-30 08:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘त्रिवि क्रिकेट रङ्गशाला देशकै नमूना विकास योजना’

कीर्तिपुर (काठमाडौँ) | उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशाला देशकै नमूना विकास योजना बन्न पुगेको बताउनुभएको छ ।

निमाणाधीन रङ्गशालाको प्रगति विवरण बुझ्न आज कीर्तिपुर पुग्नुभएका उहाँले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै तोकिएको समयभन्दा केही बढी समय लागे पनि नमूना योजना बनेको बताउनुभएको हो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “अरु आयोजना समयावधिभन्दा दोब्बर, तेब्बर ढिलो बन्ने प्रवृत्ति हेर्दा यसमा धेरै ढिला भएको छैन । यद्यपि, ढिलाइ हुने प्रवृत्ति निरुत्साहित गर्न जरिवानाको प्रावधानलाई बिना मोलाहिजा लागू गरिएको छ । यो आयोजनाले हामीलाई उत्साहित बनाएको छ ।”

रङ्गशाला स्तरीकरणको पहिलो चरणअन्तर्गत प्यारापिट निर्माण सम्पन्न भएको र फ्लडलाईट जडान पनि अन्तिम चरणमा पुगेकाले केही दिनमै १० हजार दर्शकलाई खेल देखाउन सक्ने गरी रङ्गशाला तयार हुने उहाँको विश्वास थियो ।

उपप्रधानमन्त्री सिंहलाई सहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कण्ठ तथा निर्माण व्यवसायीहरूले त्यहाँको कार्य प्रगतिबारे जानकारी गराउनुभएको थियो । वर्तमान सरकार गठन भएकै दिन पहिलो मन्त्रिपरिषद् बैठकले त्रिवि क्रिकेट रङ्गशालालाई ३०० दिनभित्र सबै सुविधायुक्त र रातिसमेत खेल्न मिल्ने गरी अन्तरराष्ट्रियस्तरको बनाउने निर्णय गरेको थियो ।

यसअन्तर्गत पहिलो चरणमा १० हजार सिट क्षमताको प्यारापिट निर्माण र छ वटा फ्लडलाई जडान गर्ने योजना छ । दोस्रो चरणमा भने १५ हजार थप दर्शक अट्ने गरी प्यारापिट, ड्रेसिङ रूम, सञ्चार तथा विशिष्ट कक्षसमेत निर्माण हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम