विमानस्थलला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विमानस्थलला"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाटन विमानस्थल कालोपत्र हुँदै

२०७४, ३ आश्विन मंगलवार ११:५३

असोज ३, बैतडी। प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमकै दोस्रो ठूलो पाटन विमानस्थल पुनःसञ्चालनको तयारीस्वरुप कालोपत्र गर्ने काम शुरु हुने भएको छ । 


विमानस्थललाई २०७५ असार मसान्तभित्र कालोपत्रे गर्ने लक्ष्यसहित माटो काट्ने काम तीव्र गतिमा भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत समृद्धि श्रेष्ठले जानकारी दिनुभयो । 

विसं २०७२ को बजेट भाषणमा सरकारले झण्डै दुई दशकदेखि बन्द विमानस्थललाई स्तरोन्नति गरी पुनः सञ्चालन गर्ने गरी बजेट विनियोजन गरेको थियो । सोहीअनुसार गत मंसिरमा विमानस्थल सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको थियो । विमानस्थलको क्षेत्रफल र वरिपरिको पर्यावरणका हिसाबले पाटन विमानस्थल उत्कृष्ट रहेको प्रतिवेदन तयार पार्ने प्राविधिकले बताएका थिए । 

सोही प्रतिवेदनअनुसार विमानस्थल स्तरोन्नति गरी पुनः सञ्चालन गर्न ठेक्का आह्वान गरेर निर्माण शुरु गरिएको हो । करिब रु १३ करोडको लागतमा ५८० मि लम्बाइ, २० मि चौडाइमा कालोपत्रे गरिने प्राधिकरणका वरिष्ठ अधिकृत श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यस विमानस्थलमा ट्विनेटर विमान अवतरण गर्न र दुई विमान पार्किङ गर्न सकिनेछ ।” 

गाल्वा च्याङ्मिला जगदम्बा जेभी निर्माण कम्पनीले विमानस्थललाई कालोपत्रेका साथै घेरबार गर्ने कम्पनीका प्रतिनिधि दानसिंह रावलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले कटिङको काम भइरहेको छ, यसपछि फिलिङ गरेर विमानस्थललाई कालोपत्रे गरिनेछ ।” 

विसं २०३४मा सञ्चालनमा आएको विमानस्थल २०५२ सालदेखि पूर्णरुपमा बन्द छ । सुदूरपश्चिममा कैलालीको गेटा विमानस्थलपछिको सबैभन्दा ठूलो पाटन विमानस्थल हो । 

पर्यटकीय गन्तव्य बनाउन सकिने 

सरकारले घोषणा गरेको १० नमूना शहरमध्येको एक शहरमा पर्ने पाटनमा रहेको विमानस्थल सञ्चालन हुन सके पर्यटकीय गन्तव्य बनाउन सकिने भएको छ । 

बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्य भागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित छ । पर्यटकीय आकर्षणको मुख्य केन्द्रविन्दु रहेको नेपालकै गहिरो गुफा पत्ताल भूमेश्वर, उदयदेव मन्दिर, त्रिपुरासुन्दरी, निङ्लाशैनी मन्दिर, ईश्वरी गंगाधाम, मेलौली भगवती मन्दिर, दोगडा धाम, रौलाकेदार मन्दिर, सिगास धामलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ । 

विमानस्थल सञ्चालनपछि बैतडीसहितका जिल्लाका धार्मिक पर्यटकीय क्षेत्रको महत्व बढ्ने तथा सुदूरपश्चिमका जनताको जीवनस्तरमा परिवर्तन आउने स्थानीयवासी कपिल केसीको भनाइ छ । “विमानस्थल पुनः सञ्चालनपछि ओझेलमा परेका पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्नेछ” उहाँले भन्नुभयो, “व्यापार व्यवसाय पनि फस्टाउने र भारतसँग सीमा जोडिएकाले भारतीय पर्यटकसमेत भित्र्याउन सकिन्छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल