विमानस्थलला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विमानस्थलला"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाटन विमानस्थल कालोपत्र हुँदै

३ आश्विन २०७४, मंगलवार ११:५३

असोज ३, बैतडी। प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमकै दोस्रो ठूलो पाटन विमानस्थल पुनःसञ्चालनको तयारीस्वरुप कालोपत्र गर्ने काम शुरु हुने भएको छ । 


विमानस्थललाई २०७५ असार मसान्तभित्र कालोपत्रे गर्ने लक्ष्यसहित माटो काट्ने काम तीव्र गतिमा भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत समृद्धि श्रेष्ठले जानकारी दिनुभयो । 

विसं २०७२ को बजेट भाषणमा सरकारले झण्डै दुई दशकदेखि बन्द विमानस्थललाई स्तरोन्नति गरी पुनः सञ्चालन गर्ने गरी बजेट विनियोजन गरेको थियो । सोहीअनुसार गत मंसिरमा विमानस्थल सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको थियो । विमानस्थलको क्षेत्रफल र वरिपरिको पर्यावरणका हिसाबले पाटन विमानस्थल उत्कृष्ट रहेको प्रतिवेदन तयार पार्ने प्राविधिकले बताएका थिए । 

सोही प्रतिवेदनअनुसार विमानस्थल स्तरोन्नति गरी पुनः सञ्चालन गर्न ठेक्का आह्वान गरेर निर्माण शुरु गरिएको हो । करिब रु १३ करोडको लागतमा ५८० मि लम्बाइ, २० मि चौडाइमा कालोपत्रे गरिने प्राधिकरणका वरिष्ठ अधिकृत श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यस विमानस्थलमा ट्विनेटर विमान अवतरण गर्न र दुई विमान पार्किङ गर्न सकिनेछ ।” 

गाल्वा च्याङ्मिला जगदम्बा जेभी निर्माण कम्पनीले विमानस्थललाई कालोपत्रेका साथै घेरबार गर्ने कम्पनीका प्रतिनिधि दानसिंह रावलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले कटिङको काम भइरहेको छ, यसपछि फिलिङ गरेर विमानस्थललाई कालोपत्रे गरिनेछ ।” 

विसं २०३४मा सञ्चालनमा आएको विमानस्थल २०५२ सालदेखि पूर्णरुपमा बन्द छ । सुदूरपश्चिममा कैलालीको गेटा विमानस्थलपछिको सबैभन्दा ठूलो पाटन विमानस्थल हो । 

पर्यटकीय गन्तव्य बनाउन सकिने 

सरकारले घोषणा गरेको १० नमूना शहरमध्येको एक शहरमा पर्ने पाटनमा रहेको विमानस्थल सञ्चालन हुन सके पर्यटकीय गन्तव्य बनाउन सकिने भएको छ । 

बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्य भागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित छ । पर्यटकीय आकर्षणको मुख्य केन्द्रविन्दु रहेको नेपालकै गहिरो गुफा पत्ताल भूमेश्वर, उदयदेव मन्दिर, त्रिपुरासुन्दरी, निङ्लाशैनी मन्दिर, ईश्वरी गंगाधाम, मेलौली भगवती मन्दिर, दोगडा धाम, रौलाकेदार मन्दिर, सिगास धामलगायतका क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ । 

विमानस्थल सञ्चालनपछि बैतडीसहितका जिल्लाका धार्मिक पर्यटकीय क्षेत्रको महत्व बढ्ने तथा सुदूरपश्चिमका जनताको जीवनस्तरमा परिवर्तन आउने स्थानीयवासी कपिल केसीको भनाइ छ । “विमानस्थल पुनः सञ्चालनपछि ओझेलमा परेका पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्नेछ” उहाँले भन्नुभयो, “व्यापार व्यवसाय पनि फस्टाउने र भारतसँग सीमा जोडिएकाले भारतीय पर्यटकसमेत भित्र्याउन सकिन्छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली