2026-08-28 11:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डिडिअारसीलार्इ सबलले दियाे साेलार र मोनिटर डिस्प्ले

असोज ७ ओखलढुंगा । सबल कार्यक्रम ओखलढुंगाले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच करिब दुई लाख बराबरको सामान हस्तान्तरण गरिएको हो ।

विद्युत अभावका कारण सञ्चारसेट समेत चार्ज गर्न नपाएको ठाडे प्रहरी चौकीका लागि सोलार सेट र जिल्ला प्रशासन कार्यालयको सुचना व्यवस्थापनका लागि मोनिटर डिस्प्ले हस्तान्तरण गरिएको सबल कार्यक्रमका बरिष्ठ जिल्ला संयोजक इन्द्र तामाङले जानकारी दिनुभयो । विपत् पुर्व तयारीको अभ्यासमा जुट्न र सुचना प्रणालीलाई व्यवस्थापन गरेर सरकारी निकायबाट प्रवाह हुने सेवा प्रभावकारी होस् भन्ने उद्धेश्यले सहयोग गरिएको उहाँको भनाई छ । 

युएसएडको आर्थिक सहयोगमा सबलले जिल्ला दैवी प्रकोप उद्धार समितिको माग अनुसार समय समयमा विभिन्न सामाग्रीहरु हस्तान्तरण गर्दै आएको छ । केही समय अघि पनि सबलले राहत तथा उद्धारका सामाग्री दैवी प्रकोप उद्धार समितिलाई उपलब्ध गराएको थियो । सबलले उपलब्ध गराएका सामग्रीको उच्चतम् सदुपयोग गरेर सेवा प्रभाहलाई प्रभावकारी बनाउने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रतिवद्धता जनाउनुभयो । 

सबलले उपलब्ध गराएको सोलार ठाडे प्रहरी चौकीमा जडान गरिने भएको छ । यो सँगै सेट चार्ज गर्न सोलुखुम्बु सम्म जानुपर्ने प्रहरीको बाध्यता हट्ने भएको छ । भने ठुलो आकारको मोनिटर डिस्प्ले जिल्ला प्रशासन कार्यालयको नागरिक वडापत्र डिस्प्ले गर्नमा प्रयोग गरिने जनाईएको छ ।

सबलले ओखलढुंगामा फोर्ड नेपाल र कोशीश नेपाल मार्फत विपत् व्यवस्थापन, जिविको पार्जन, स्वास्थ्य र पोषण लगायतका क्षेत्रमा काम गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो नेपालमा करिब एक सय चिनियाँ नागरिक बेपत्ता सर्वदलीय बैठकले गर्‍यो १० बुँदे साझा संकल्प प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन