३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेलम्चीको पानी उपत्यकामा छ महिनापछि

८ आश्विन २०७४, आईतवार १०:२६

राम केसी। असोज ८, चौतारा। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न १.७ किमी बाँकी भएकाले राजधानीमा पानी भित्रिन अझै छ महिना पर्खनुपर्ने भएको छ । 

सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङ खन्ने काम आगामी डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य छ । सुरुङ खन्ने काम सम्पन्न भए पनि त्यहाँभित्र ढलान गर्न थप तीन महिना समय लाग्ने भएकाले राजधानीवासीलाई पानी वितरण गर्ने काम विसं २०७५ वैशाखमा मात्र सम्भव हुने मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो । 

हाल चार ठाउँबाट दैनिक सरदर १६ मि सुरुङ खन्ने काम भइरहेको छ । सुरुङको काम हालसम्म ९४ प्रतिशत सम्पन्न भएको छ । सिन्धु पहुँचमार्गमाथि रहेको भूभागमा सबैभन्दा कमजोर चट्टान भेट्टिएकाले समस्या उत्पन्न भएको उपकार्यकारी निर्देशक दुवाडीले बताउनुभयो । 

प्रथम चरणमा दैनिक १७ करोड लि पानी उपत्यकामा लगिने २७.५ किमी सुरुङको तीन पहुँचमार्गमध्ये सिन्धुबाट सुन्दरीजलसम्मको सबैभन्दा लामो ९.५ किमी पर्छ । पानी लगिने खास सुरुङ २६ किमी भए पनि विभिन्न ठाउँमा पहुँचमार्ग बनाउनुपर्दा १.५ किमी बढी खन्नुपरेको हो । 

झण्डै तीन दशकदेखि व्यापक चर्चामा रहेको सो आयोजनाको सुरुङ निर्माण गर्न सन् २००९ मा पहिलो सम्झौता भएको थियो । चीनको १५ रेल्वे ब्युरोसँग झण्डै रु साढे चार अर्बमा ठेक्का सम्झौता भएकामा विभिन्न बहानामा काममा ढिलाइ गरी सम्पन्न गर्ने समयसम्म जम्मा छ किमी मात्र सुरुङ खनिएपछि सन् २०१२ मा ठेक्का तोडिएको थियो । त्यसपछि जुलाई २०१३ मा इटालियन कम्पनी सिएमसीसँग रु सात अर्ब ७२ करोडमा सन् २०१६ सेप्टेम्बरसम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । भूकम्प र भारतीय नाकाबन्दीले लामो समयसम्म काममा अवरोध आएपछि सन् २०१८ मार्चमा सम्पन्न हुने गरी संशोधित सम्झौता भएको आयोजनाले जनाएको छ । 

काठमाडौँ उपत्यकाको जनसंख्यालाई दृष्टिगत गरी थप पानी ल्याउन दोस्रो र तेस्रो चरणमा रहेको सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका– २ र ३ मा रहेको लार्के र याँग्री आयोजनाको विस्तृत आयोजना प्रतिवेदनको काम आगामी चार महिनाभित्र टुंगिने भएको छ । साविक जिविसले मेलम्ची बजारदेखि साविक बरुवा गाविससम्म १५ किमी सडक पहिले नै निर्माण गरिसकेको छ । 

त्यहाँबाट मुहान रहेको लार्के र याँग्री पुग्न पाँच मि चौडाइको १० किमी सडकको बाटो आयोजनाले निर्माण गरिसकेको छ । त्यसलाई स्तरोन्नति गर्न अब दुई÷तीन महिनाभित्र बोलपत्रको सूचना प्रकाशन गरिने दुवाडीले जानकारी दिनुभयो । दोस्रो र तेस्रो चरणबाट दैनिक १७–१७ करोड लिले थप ३४ करोड लि पानी राजधानी भित्रिनेछ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ