2026-09-08 08:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने

मुस्ताङ | घरपझोङ गाउँपालिकाअन्तर्गतको मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने भएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत उक्त सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड विनियोजन गरिएको छ ।

बेनी–जोमसोम ७६ किमी सडकमार्गको मार्फा सामग्रीदेखि कालीगण्डकी पारि ओझेलमा परेको यहाँको छैरो–चिमाङ गाउँ जोड्ने सडकलाई थप स्तरोन्नतिसहित आवश्यक स्थानमा कालोपत्र गर्ने गरी बहुवर्षीय योजना स्वीकृत हुनसक्ने सम्भावित सूचीमा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख अजयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

कालीगण्डकी नदीमा निर्मित मार्फा–छैरो पुलबाट चिमाङसम्मको कच्ची सडकलाई स्तरोन्नति गर्दै आवश्यक स्थानमा कालोपत्र गर्नेगरी बहुवर्षीय योजनाका रुपमा कार्यान्वयन हुनसक्ने सम्भावना भएकाले तत्कालका लागि छैरो—चिमाङ सडक स्तरोन्नति कार्यान्वयन नगरिएको उहाँले बताउनुभयो । “हामीले तत्कालका लागि यहाँको सडक कार्यान्वयन गर्न रोकेका छौँ, बहुवर्षीय कार्यक्रमका रुपमा निर्देशन प्राप्त भएमा कार्यालयका तर्फबाट सोही अनुसार प्रक्रिया अघि बढाइनेछ,” प्रमुख श्रेष्ठले भन्नुभयो ।

छैरो—चिमाङ सडकलाई बहुवर्षीय कार्यक्रमका रुपमा लैजाँदा चालु आवमा विनियोजन भएको रकमको पाँच गुणासम्मको लागत अनुमान तयार गरी स्रोत सुनिश्चित हुने कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । बहुवर्षीय कार्यक्रम स्वीकृत हुँदा मार्फा–छैरो–चिमाङ करिब चार किलोमिटर सडकको केही खण्ड कालोपत्र र अन्यमा स्तरोन्नति हुने उहाँले उल्लेख गर्नुभयो । छैरो–चिमाङ सडक बहुवर्षीय कार्यक्रम स्वीकृत हुँदा चालु आवमा ठेक्का सम्झौता र सडक स्तरोन्नति कार्य सुरु हुनेछ ।

कालीगण्डकी नदी पारि रहेको ओझेलमा परेको कृषि गाउँ चिमाङसम्म जोड्ने सडक जीर्ण र असहज हुँदा स्थानीय सर्वसाधारणलाई आवतजावत र मालसामान ढुवानीलगायत कार्यमा जोखिम देखिएको छ । छैरोबाट चोखोपानी खोलासम्म सिधा कच्ची सडक र चोखोपानीबाट चिमाङसम्म ठाडो उकालो सडक जीर्ण हुँदा यातायातका साधनको सहज पहुँच पुग्न सकेको छैन ।

छैरो—चिमाङ सडकलाई स्तरोन्नति तथा कालोपत्र गर्न सकिएमा त्यस क्षेत्रको कृषि उपजको सहज बजारीकरण तथा पर्यटन विकासमा समेत टेवा पुग्ने स्थानीय इन्द्रप्रसाद थकालीले बताउनुभयो । मार्फा—छैरो जोड्ने कालीगण्डकी नदीमा पुल निर्माण भइसकेकाले चिमाङसम्मको सडक स्तरोन्नति तत्कालको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित