२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मीको धुर्कोटमा बडादशै महोत्सव सुरु, राजेश हमाल आउँदै

११ आश्विन २०७४, बुधबार ०२:२६

प्रेम सुनार | असोज ११, गुल्मी | गुल्मीको धुर्कोट गाउँपालिकामा मंगलबारदेखि बडादशै महोत्सव २०७४ सुरु भएको छ । तीन दिनसम्म चल्ने महोत्सवको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले एक समारोहका विच उद्घाटन गरेका थिए ।  

‘धुर्कोटको शौन्दर्य हाम्रो शान, पर्यटन विकास हाम्रो अभियान ’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सवलाई सम्वोधन गर्दै गाउँपालिका प्रमुख पोखरेलले ऐतिहाँसिक धुर्कोटको पहिचान र यहाँको धार्मित तथा सांस्कृतिक पक्षलाई चिनाउनका लागि महोत्सवको आयोजना गरिएको बताए ।

उनले धुर्कोट गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने यहाँको सबै राजनैतिक दलले संकल्प गरेको र बनाएरै छाड्ने उद्घोष गरे । त्यस्तै उपप्रमुद शिवबहादुर खत्रीले केहि महत्पुर्णयहरु गरेर धुर्कोटको विकासमा लागिएको जानकारी दिएका थिए ।


महोत्सव स्थलमा विभिन्न प्रकारका पिङ, वालउद्यान , व्यपारिक स्टलहरु राखिएको छ ।  महोत्सवको आर्कणका रुपमा पाकिस्तानबाट मगाईएको उड प्रर्दर्शनी स्थलमा राखिएको छ । महोत्सवको पहिलो दिन आज चर्चित लोक गायक रामजी खाँड , मेरी वास्सैका कलकार प्रकाश कंडेल (गुलेली कान्छा ) , एशियार्कै होची महिला मञ्जु घिमिरे , कलकार रमेश कौशल , विशाल श्रेष्ठ , महेन्द्र भण्डारी र वालकलाकार संङ्गित पौड्यालको वेजोड प्रस्तुती रहेको  थियो ।

भोली अर्का चर्चित कलाकार कुलेन्द्र बिश्वकर्मा लगायतका कलाकारहरुको प्रस्तुती रहेने भएको छ । पर्सी समापनको दिन महानायक राजेश हमला लगायतको जमघट हुने भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता छन्दबहादुर पहराई , नेकपा एमालेका कृष्ण घिमिरे, माओवादी केन्द्रका  निमहादुर पाण्डे , वडा नम्वर ७ वाग्लाका वडाध्यक्ष हिमप्रसाद पन्थीले. सहभागी सवै वडाध्यक्षको तर्फबाट  मन्तव्य राखेका थिए  ।

गाविस पछि गाउँपालिका भएको गुल्मीमा महोत्सव गर्ने धुर्कोट गाउँपालिका पहिलो बनेको छ । देविस्थान युवा क्लव जैसीथोक र ह्याप्पी ईन्टरटेन्टमेण्ट काठमाण्डौले आयोजना गरेको महोत्सवको प्रवन्ध निर्देशक रहेका छन गायक तथा सञ्चारकर्मी मदन खनालले । 

त्यस्तै संयोजक गरेका छन अर्का कलाकार रामजी नेपालीले । खनालकै अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा  वडा नम्वर ४  जैसीथोकका वडाध्यक्ष मानहादुर कुँवरको स्वागत मन्तव्य  ईन्दिरा मावि धुर्कोटका शिक्षक कृष्णबहादुर केसीको सञ्चालन  रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु