२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मीको धुर्कोटमा बडादशै महोत्सव सुरु, राजेश हमाल आउँदै

२०७४, ११ आश्विन बुधबार ०२:२६

प्रेम सुनार | असोज ११, गुल्मी | गुल्मीको धुर्कोट गाउँपालिकामा मंगलबारदेखि बडादशै महोत्सव २०७४ सुरु भएको छ । तीन दिनसम्म चल्ने महोत्सवको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले एक समारोहका विच उद्घाटन गरेका थिए ।  

‘धुर्कोटको शौन्दर्य हाम्रो शान, पर्यटन विकास हाम्रो अभियान ’ भन्ने मुल नाराका साथ सुरु भएको महोत्सवलाई सम्वोधन गर्दै गाउँपालिका प्रमुख पोखरेलले ऐतिहाँसिक धुर्कोटको पहिचान र यहाँको धार्मित तथा सांस्कृतिक पक्षलाई चिनाउनका लागि महोत्सवको आयोजना गरिएको बताए ।

उनले धुर्कोट गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने यहाँको सबै राजनैतिक दलले संकल्प गरेको र बनाएरै छाड्ने उद्घोष गरे । त्यस्तै उपप्रमुद शिवबहादुर खत्रीले केहि महत्पुर्णयहरु गरेर धुर्कोटको विकासमा लागिएको जानकारी दिएका थिए ।


महोत्सव स्थलमा विभिन्न प्रकारका पिङ, वालउद्यान , व्यपारिक स्टलहरु राखिएको छ ।  महोत्सवको आर्कणका रुपमा पाकिस्तानबाट मगाईएको उड प्रर्दर्शनी स्थलमा राखिएको छ । महोत्सवको पहिलो दिन आज चर्चित लोक गायक रामजी खाँड , मेरी वास्सैका कलकार प्रकाश कंडेल (गुलेली कान्छा ) , एशियार्कै होची महिला मञ्जु घिमिरे , कलकार रमेश कौशल , विशाल श्रेष्ठ , महेन्द्र भण्डारी र वालकलाकार संङ्गित पौड्यालको वेजोड प्रस्तुती रहेको  थियो ।

भोली अर्का चर्चित कलाकार कुलेन्द्र बिश्वकर्मा लगायतका कलाकारहरुको प्रस्तुती रहेने भएको छ । पर्सी समापनको दिन महानायक राजेश हमला लगायतको जमघट हुने भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता छन्दबहादुर पहराई , नेकपा एमालेका कृष्ण घिमिरे, माओवादी केन्द्रका  निमहादुर पाण्डे , वडा नम्वर ७ वाग्लाका वडाध्यक्ष हिमप्रसाद पन्थीले. सहभागी सवै वडाध्यक्षको तर्फबाट  मन्तव्य राखेका थिए  ।

गाविस पछि गाउँपालिका भएको गुल्मीमा महोत्सव गर्ने धुर्कोट गाउँपालिका पहिलो बनेको छ । देविस्थान युवा क्लव जैसीथोक र ह्याप्पी ईन्टरटेन्टमेण्ट काठमाण्डौले आयोजना गरेको महोत्सवको प्रवन्ध निर्देशक रहेका छन गायक तथा सञ्चारकर्मी मदन खनालले । 

त्यस्तै संयोजक गरेका छन अर्का कलाकार रामजी नेपालीले । खनालकै अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा  वडा नम्वर ४  जैसीथोकका वडाध्यक्ष मानहादुर कुँवरको स्वागत मन्तव्य  ईन्दिरा मावि धुर्कोटका शिक्षक कृष्णबहादुर केसीको सञ्चालन  रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ