असोज १५, चितवन | भरतपुर महानगरपालिकाले रु तीन अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । 

महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएपछि बसेको पहिलो कार्यपालिका बैठकले आर्थिक वर्षको राजश्व र आयव्ययको अनुमान गरी नगरसभामार्फत पारित गर्ने कार्य औपच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, चितवन | भरतपुर महानगरपालिकाले रु तीन अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । 

महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएपछि बसेको पहिलो कार्यपालिका बैठकले आर्थिक वर्षको राजश्व र आयव्ययको अनुमान गरी नगरसभामार्फत पारित गर्ने कार्य औपच"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भरतपुर महानगरले रु तीन अर्बको बजेट ल्याउने

१५ आश्विन २०७४, आईतवार १३:४०

असोज १५, चितवन | भरतपुर महानगरपालिकाले रु तीन अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । 

महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएपछि बसेको पहिलो कार्यपालिका बैठकले आर्थिक वर्षको राजश्व र आयव्ययको अनुमान गरी नगरसभामार्फत पारित गर्ने कार्य औपचारिकरुपमै शुरु हुन लागेको हो । 

भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले असोज १८ गतेदेखि नगरसभाका लागि तयारी थालिने बताउनुभयो । “वडा तहबाट योजना संकलन गर्ने काम हुनेछ”, उहाँले भन्नुभयो, “डेढ महिना ढिलो भएपनि हामी आन्तरिक तयारीमै थियौँ, बजेट सिलिङ बनाएर वडा तहमा योजना माग गर्न जानेछौँ ।” 

प्रमुखको संयोजकत्वमा रहेको महानगरको स्रोत अनुमान समितिको बैठकमा स्रोत पहिचान गरेर क्षेत्रगत बजेट सिलिङ तयार गरी वडा तहमा योजना मागका लागि संयन्त्र परिचालन हुने कार्यकारी अधिकृत जोशीले बताउनुभयो । 

वडा भेलामार्फत तल्लो तहबाट उच्च प्राथमिकतामा परेका योजना संकलन गरिनेछ । २९ वटै वडाबाट आएका योजनाका आधारमा समग्र महानगरको बजेट नीति तथा कार्यक्रम बन्ने उपप्रमुख पार्वती शाहले बताउनुभयो । उहाँका अनुसार कात्तिक २० गतेभित्र वडा तहबाट योजना संकलन गर्ने काम पूरा हुनेछ । कात्तिक मसान्तभित्र नगरसभा गर्ने तयारी गरिएको छ । 

महानगरले छ वटा क्षेत्रगत समिति बनाएर वडा–वडाबाट माग भएका योजनाको छलफल गरी अत्यावश्यक योजना समेट्ने रणनीति बनाएको छ । उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा योजना तर्जुमा समितिमा छलफल भएपछि समग्र योजना नगरसभामा प्रस्तुत गरिनेछन् । 

गत वर्षका अधुरा योजना यसपालि कार्यान्वयनको चरणमै रहने उपप्रमुख शाहले बताउनुभयो । कार्यकारी अधिकृत जोशीले विगतका स्थानीय निकायको बजेट आकार तथा वर्तमान अवस्था विश्लेषण गर्दा झण्डै रु तीन अर्ब बराबरको बजेट प्रक्षेपण हुने सम्भावना रहेको बताउनुभयो । 

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले बजेटमा सडक सञ्जाल पहिलो प्राथमिकतामा रहने बताउनुभयो । त्यसैगरी पिउने पानी र आयआर्जनका काम अल्पकालीन योजनाका रुपमा रहने उहाँले बताउनुभयो । 

दीर्घकालीन योजनाका रुपमा बृहत् गुरुयोजना निर्माण गरी मेगा सिटी, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा विशेष बजेटको व्यवस्था गरिने प्रमुख दाहालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही