काठमाडौँ | नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ८ सय रूपैयाँले घटेको हो । सोमबार २ लाख ४३ हजार ३ सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार घटेर २ लाख ३९ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १ सय ६५ रूपैयाँले घटेर चाँदी ३ हजार ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।