Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको मूल्य बढ्यो

By साझासवाल 1 मिनेट पढाइ

काठमाडौँ | स्थानीय बजारमा आज सुनको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा नौ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ४८ हजार ८ सय पुगेको छ।

महासंघका अनुसार चाँदी पनि तोलामा २० रुपैयाँ बढेर ३ हजार २२० रुपैयाँ कायम भएको छ। हिजो (मंगलबार) सुन तोलामा दुई लाख ४७ हजार ९ सयमा कारोबार भएको थियो भने चाँदी ३२ सय रुपैयाँ पुगेको थियो।