२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वन पैदावर बिक्रीबाट सामुदायिक वनको पचास लाख आय

२०७४, २३ आश्विन सोमबार ०४:०३

असोज २३, कञ्चनपुर । वन पैदावार बिक्री गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनले वार्षिक रुपमा रु ५० लाख आय गर्दै आएको छ । 

सामुदायिक वनले बाँस, काठ, अदुवा, बेसार, कागती, आँप र अन्य वनपैदावार बिक्री गरी आम्दानी गर्दै आएको हो । दुई हजार बाँसका बिरुवाबाट मात्रै सामुदायिक वनले वार्षिकरुपमा रु पाँच लाख आम्दानी गर्दै आएको छ । 

कागतीका पाँच हजार र आँपका ७०० रुखलाई वार्षिक रुपमा रु एकलाख ६५ हजार दिने गरी ठेक्का दिई आम्दानी गरिँदै आएको सामुदायिक वनका सचिव लोकेन्द्रराज जोशीले बताउनुभयो । 

“काठ, अदुवा, बेसार र ढुंगा उपभोक्तालाई न्यून शुल्कमा बिक्री गरी अन्य आम्दानी हुँदै आएको छ” उहाँले भन्नुभयो । सामुदायिक वनले गरेको आम्दानीमध्ये रु ३५ लाख रकम खर्चेर जंगली जनावर बस्तीमा छिर्न नदिनका लागि यस वर्ष झण्डै डेढ किलोमिटर क्षेत्रमा तारबार गरेको छ । 

“स्थानीय सडकमा ग्राभेल हाल्न, विद्यालयलाई कम्प्युटर, मन्दिर निर्माण गर्न र स्वास्थ्य चौकी भवन निर्माणका लागि आवश्यक रकम उपलब्ध गराएका छौँ” सामुदायिक वनका अध्यक्ष पुष्करबहादुर सिंहले भन्नुभयो । 

सामुदायिक वनले अर्को वर्ष पिकनिक स्पट निर्माण गर्ने, नर्सरी व्यवस्थापन गर्ने, पर्यटकीय क्षेत्रका रुपमा सामुदायिक वनलाई विकास गर्ने, असहायलाई सहयोग रकम निरन्तर उपलब्ध गराउने र रोजगारीका अवसर सिर्जना गर्नमा भूमिका खेल्ने खालका कार्यक्रम ल्याउनका लागि योजना अघि सारेको छ । 

चार सय हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा एक हजार २०० उपभोक्ता आश्रित रहेका छन् । सामुदायिक वन विसं २०५४ मा स्थापना भएको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस