काठमाडौँ | सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ४६ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज दुई लाख ६५ हजार कायम भएको छ ।
यस्तै, अघिल्लो दिन प्रतितोला चार हजार ५०० रुपैयाँ रहेको चाँदी यस दिन बढेर चार हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।