काठमाडौँ | बिहीबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबर भएको थियो । यसअघि पुस १३ गते हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८३५ रुपैयाँमा झरेको छ ।