३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भन्सार कार्यालय का कर्मचारी को मिलोमतो मा तस्करी

२५ आश्विन २०७४, बुधबार ०८:३०

असोज २५, कञ्चनपुर । गतेपश्चिमी नाका गड्डाचौकी मा चाड पर्ब का बेला भारत बाट नेपाल तर्फ कपडा को तस्करी बढ्यो । 

ससस्त्र प्रहरी द्धारा भन्सार छलि गरी चोरी पैठारी गरी तस्करी भईरहेको अवैध कपडा बरामद । सोमबार राती शसस्त्र प्रहरी बल भन्सार तथा राजस्व सुरक्षा गुल्म गड्डाचौकीले भीमदत्त नगरपालिका–५ बनगाउ क्षेत्रबाट अवैध रुपमा लगिदै गरेको कपडा म्याजिक गाडी बाट बरामद गरेको हो । 

ससस्त्र प्रहरी बल भन्सार तथा राजस्व सुरक्षा गुल्म गड्डाचौकीका प्रहरी नायब उपरिक्षक प्रेम प्रशाद पाण्डेयले विषेश सूचनाका आधारमा भन्सार छली गरेको समान बरामद गरि भन्सार बुझाएको बताए । 

सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेयले ४ सय ५१ थान कपडामा ३० थानको मात्रै भन्सार काटेको पाईएकाले शसस्त्रले उक्त समान बरामद गरेको बताए । उक्त समान २ लाख भन्दा बढि को रहेको पाण्डेय ले बताए ।केही दिन अघि पनि १२ सय ७० थान कपडा र अन्य सामाग्री गरी कुल ७ लाख बराबर समान सशस्त्र प्रहरी ले सोही क्षेत्र बाट बरामद गरेको थियो । 

भन्सार सुरक्षार्थी खटिएका सुरक्षाकर्मीले भारतीय बजार बनबासाबाट आएको पुरै समान राजस्व काट्नका लागि भन्सार कार्यालय परिसर भित्र पठाउँछन् । तर भन्सारका कर्मचारीले ब्यापारी संग मिलोमतो गरी घुस लिएर कम समानको मात्रै भन्सार काटेको शसस्त्र प्रहरी को दावि छ । 


भन्सार काट्ने कर्मचारीको लार्पबाही र घुस लिने गरेका कारण यस्ता तस्करी भईरहेको समेत भन्सार राजस्व सुरक्षार्थ खटिएका शसस्त्र प्रहरी बल भन्सार तथा राजस्व सुरक्षा गुल्म का प्रमुख को भनाई छ । 

भन्सारमा खटिएका कर्मचारीले बाहिरबाट आएमा पुरै समान भित्र पठाउने र भित्रबाट कति भन्सार काटेको बारे थाहै नहुने उनीहरुको भनाई छ । कञ्चनपुर भन्सार कार्यालय प्रमुख विकास कुमारले व्यवसायीको नियतका कारण बढि समानको कम भन्सार काटिएको बताए । ब्यपारी का यस्ता नियत ले गर्दा ब्यबसायी आफै फस्ने समेत कुमार ले बताए ।

 भन्सार कर्मचारीको ब्यापारी संग कुनै पनि प्रकार को मिलोमतो र भंन्सार कर्मचारी को कुनै पनि प्रकार को कमजोरी नरहेको उनको दावि छ । भन्सार र भन्सारमा खटिएका सुरक्षा अधिकारीका अभिव्यक्तीले भन्सारमा सेटिङ्ग रुपमा का तस्करी भईरहेको व्यवसायीको आँकलन छ । 

भन्सारका कर्मचारीले बढि मात्रा मा रहेका समानको कम मात्रा मा भन्सार बनाएर घुस लिने गरेको र भन्सार राजस्व सुरक्ष्यार्थ खटिएका ससस्त्र प्रहरीले घुस नपाएको खण्डमा समान बरामद गर्ने गरेको उनीहरु दुवै पक्ष माथी आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही