
काठमाडौँ | मंगलबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको हो ।
हिजो २ लाख ८२ हजारमा कारोबार भएको सुन आज २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । यसदिन चाँदी तोलामा ७० रुपैयाँले बढेर ५८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।