काठमाडौँ | साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ ।
देशमा चुनावी माहोल तातिएसँगै लगानीकर्ताको मनोबल उच्च भएर त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा पनि देखिएको हो । अघिल्लो कारोबार दिन आइतबार बढेर बन्द भएको नेप्से परिसूचकले मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिँदै मजबुत उकालो यात्रा तय गरेको हो ।
मंगलबार नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ विन्दुमा पुगेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स ७.८२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले उकालो लागेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ ।