२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रुपाकोट मझुवागढी नगरपालिकाको वजेट ६१ करोड ५३ लाख २३ हजार

२०७४, २६ आश्विन बिहीबार १०:४३

चिसाङ शेर्पा | असोज २६, खोटाङ | खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको विहिवार सम्पन्न प्रथम नगर सभाले ६१ करोड ५३ लाख २३ हजार रकम बिनियोजन गर्दै चालु आर्थिक वर्ष २०७४÷ ७५ को नीति तथा कार्यक्रम पारित गरेको छ । ‘संमृद्ध रुपाकोट मझुवागढीको आधार – कृषि पर्यटन र पुर्वाधार’ भन्ने नाराका साथ सार्वजनिक गरिएको कुल वजेटमा नगरपालिकाको आयतर्फ ८४ लाख ६० हजार, नेपाल सरकारको अनुदान रकम ६० करोड ६८ लाख ६३ हजार रकम विनियोजन भएको छ ।


सभाले ‘दिगो र गुणस्तरिय पुर्वाधार विकास, कृषि, पर्यटन, स्थानिय तहको कार्यान्वयन, संस्थागत विकास, रोजगारी र उत्पादनमा बृद्धि तथा वातावरण संरक्षण र हरियाली सौन्दर्य प्रवद्र्धन र सामाजिक न्याय तथा लैङ्गिक मूलप्रवाहीकरणलाई प्राथमिकताका साथ जिल्ला विकास समितीको समिक्षालय हलमा भएको कार्यक्रममा, रकम विनियोजनका व्यायतर्फ चालु खर्च ३८ करोड ६३ लाख २७ हजार विनियोजन गरिएको छ ।

पुँजिगत खर्चतर्फ २२ करोड ८९ लाख ९६ हजार, पुर्वाधार विकास क्षेत्रका आयोजनामा १८ करोड ५२ लाख ३३ हजार, आर्थिक विकास क्षेत्रमा ३ करोड ६० लाख २९ हजार, सामाजिक कार्यक्रम अन्तरगत सामाजिक सुरक्षा भत्ता ९ करोड ८ लाख सहित कुल रकम ३० करोड ५३ लाख ३९ हजार, वन, वातावरण तथा विपद व्यवस्थापनका लागि ५६ लाख, ४३ हजार र संस्थागत विकास सेवा प्रवाह तथा सुशासन कार्यक्रममा ८ करोड ३० लाख ७९ हजार रकम विनियोजन गरिएको रुपाकोट मझुवागढी नगरपालिका उप–प्रमुख विणा देवी राईले बताउनुभयो ।

यस्तै, नगर कार्यपालिका कार्यालयतर्फ २७ करोड ७९ लाख १० हजार, वडा कार्यालयको सामाजिक सुरक्षा भत्तातर्फ ९ करोड ८ लाखसहित १२ करोड ४३ लाख १० हजार र विषयगत शाखाहरुतर्फ २१ करोड ३० लाख ६८ हजार खर्च गरिने व्यवस्था मिलाईएको उप–प्रमुख राईले बताईन् ।

सभाका सभाध्यक्ष नगरप्रमुख दिपनारायण रिजालले नगरसभावाट पारित विधेयक ‘नगरसभा सञ्चालन कार्यविधिको दफा २२ उपदफा १ बमोजिम प्रमाणीकरण भएको बताएका छन् ।’ सभाले ‘रुपाकोट मझुवागढी नगरपालिका’ नामको अगाडी दिक्क्तेल थप्ने निर्णय समेत पारित गरेको नगर प्रमुख रिजालले बताए ।

यस्तो थियो, नगरपालिकाको सय दिने उपलव्धिमुलक कार्यक्रम

गत असार १८ गते स्थानिय सरकारका सपथ ग्रहण खाएका रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दिपनारायण रिजालले नगरपालिकाको समन्वयमा भएको सयदिने उपलब्धिमुलक गतिविधि वुधवार भएको रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम ऐतिहासिक नगरसभामा सार्वजनिक गर्दै नगरलाई संमृद्ध र सुशासनमा राखिने बताएका छन । 

स्थानिय चुनाववाट निर्वाचित भएको ४५ दिनमा दिक्तmेल वजार भित्रका आठ स्थानका कच्ची सडकलाई स्तरोन्नती गरी वजारभित्रका सवारी आवातजावतमा सहजता, नगरपालिका भित्रका पन्ध्र वडामा दुई चरण अन्तरगत सामाजिक सुरक्षा भत्ता वितरण, लेन कुईजर गाडी, हेबी जेनेरेटर, सानो हाते रोलर मेसिन एक÷एक थान, सोलार सेट पाँच थान नगरपालिकालाई प्राप्त भएको नगर प्रमुख रिजालले बताउनुभयो । गाडी भने सरकारी नम्बर प्लेट तथा करका कामहरु सकिएपछि नगरपालिका आईपुग्ने बताए । 

मध्यपहाडी लोकमार्ग सडकलाई गुणस्तरिय र वर्षातको समयमा सञ्चालनका लागि सरोकारवालासंग समन्वयात्मक वैठक, अवैध रुपमा सञ्चालित महुरे क्रसर वन्द, सहरी विकास मन्त्रालयको ९० व्यवस्थित नगरमा रुपाकोट मझुवागढी नगरपालिका समावेश, दिक्तmेल वजारलाई टेलिफोन, विधुत तार र खानेपानी पाईप अण्डरग्राउण्ड तथा सडक पिच गर्ने कार्यमा सर्भे समापन भई डिपिआर तयार, दिक्तेल जिल्ला अस्पताल चोक–दुमुली जाने दुई सय मिटर सडकको काम पूर्ण, विभिन्न वडाहरुमा टोल विकास संस्था निर्माण गरी टोल विकास अगुवाई गर्ने कार्यको थालनी भएको सय दिने उपलब्धिमा समाबेश छ ।

यस्तै, वालमैत्री सिकाई विस्तारका लागि सरस्वती मा.वि विद्धालयलाई वालमैत्री सामग्री वितरण, जेष्ठ नागरिक विश्राम कक्ष व्यवस्थित तथा श्रव्य, दृश्य सामग्री हस्तान्तरण, नगरपालिकाका कामकाजलाई पारदर्शिता तथा शुसासनका लागि महिनाको दुई गते ‘मिट द प्रेस’ कार्यक्रम आयोजना र नगर विकास कोषसँगको सहकार्यमा दिक्तmेल वजारभित्र व्यवस्थित सपिङ कम्प्लेक्स निर्माण अध्ययनका निम्ति आठ लाख वजेट विनियोजनजस्ता उपलव्धिमुलक कार्यक्रम भएको नगरप्रमुख  रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह