काठमाडौँ | शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । शुरूआति मिनेटमै ४ प्रतिशतले बढेर २० मिनेटका लागि बन्द भएको शेयर बजार फेरि खुलेलगत्तै ५ प्रतिशत पुगेपछि ४० मिनेटका लागि बन्द भएको हो ।
४० मिनेटपछि खुल्ने बजारले ६ प्रतिशत वृद्धिको आँकडा छोएमा दिनभरका लागि कारोबार बन्द हुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुईतिहाइ नजिक सीट जित्ने देखिएपछि बजारमा सर्किट ब्रेक लागेको हो । स्थिर सरकार बन्ने अपेक्षाका कारण लगानीकर्ता झुम्मिएका हुन् ।