२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उदयपुरको त्रियुगा नगर जनप्रतिनिधिले मनाए सय दिन, १०० दिनमा के-के गरे ?

२०७४, १ कार्तिक बुधबार १२:१०

अजयकुमार साह | कात्तिक १ , उदयपुर । त्रियुगा नगरपालिकाका नगर प्रमुख(मेयर) बलदेव चौधरीले नगरभित्र औधोगिक क्षेत्र विकासका लागि १२ विघा जग्गा व्यवस्थापन कार्य अगाडी बढाएको सार्वजनिक गरेकाछन् ।  

नगरपालिका स्थापना भएको २१ बर्ष पछि मात्र उक्त कार्यले मूत्र्तरुप लिने पक्का भएको उनले बताए । “उधोग र व्यापार समृद्धिको आधार, बसोबास योग्य, हरियाली त्रियुगा नगर” भन्ने नाराका साथ योजना र कार्यक्रमहरु अगाडी बढाएकोले आर्थिक सम्बृद्धिलाई जोड दिएको उनले बताए ।

स्थानिय तहको निर्वाचन सम्पन्न भएसँगै जनताको प्रतिनिधिको रुपमा पाएको कार्यजिम्मेवारीको आज बुधबार सय दिन मनाउन नगरपालिकाको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मेयर चौधरीले सो कुरा सार्वजनिक गरेका हुन् ।  

कार्यक्रममा मेयर चौधरीले एक घर एक रोजगारीको निति लागू गरिएको र सोको लागि बजेट विनियोजन समेत गरिएको बताए । उनले यस अवधिमा नगरपालिकाले ६ वटा नगर कार्यपालिकाको बैठक, समसामयीक विषयमा ७३ वटा निर्णयहरु र ९ वटा विशेष निर्णयहरु गरेको बताए ।

उनले नगरपालिकालाई क्षेत्रिय व्यापार केन्द्रको रुपमा विकास गर्न सोलुखुम्बु, ओखलढुँगा, भोजपुर, खोटाङ, सुनसरी लगायतका जिल्लाहरुसँग सिधा सम्पर्कका लागि  पूर्वाधार निर्माण गरी औधोगिक करीडोर निर्माण कार्यका लागि गृहकार्य शुरु गरिसकेको सार्वजनिक गरे ।


सय दिनको अवधिमा अन्य सम्पन्न गरेका मुख्य कार्यहरु अन्तर्गत नगरपालिकाका १६ वटा वडाहरुको योजनाका लागि लाई ७५ लाख रकम विनियोजन, सम्पूर्ण वडा कार्यालयहरु व्यवस्थापन, सामाजिक भत्ता समयमै निकासा, नगरक्षेत्रको दिर्घकालिन विकासका लागि गुरु योजना निर्माण, लामो समय सम्म अव्यवस्थित रहदै आएको तरकारी बजारको उचित व्यवस्थापन, गत श्रावणमा आएको बाढी पहिरो पिडितहरुलाई राहत वितरण, विपत रोकथामका  लागि भौतिक पूर्वाधार निर्माण लगायतका कार्यहरु सम्पन्न गरेको सार्वजनिक गरेकाछन् ।  

त्यस्तै अन्य थप कार्यक्रमहरुमा महिला तथा बालबालिकाहरुको स्वास्थ्य सेवामा सहज पहुँच अभिबृद्धिका लागि नगरक्षेत्रको १० वटा स्थानमा बर्थिङ सेन्टर स्थापनाका लागि बजेट विनियोजन, उज्यालो दशैं तथा सरसफाईयुक्त दशै अभियान अन्तर्गत सवै वडाहरुमा सडक बत्ति व्यवस्थापन, एक सय स्थानमा सोलार जडान, नगरवासीहरुलाई न्याय सेवामा पहुँच अभिबृद्धिका लागि न्यायिक समिति गठन लगायतका कार्यहरु सम्पन्न गरेको जानकारी गराईएको छ ।

 मेयर चौधरीले नगरक्षेत्र भित्र सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउन नगरका प्रमुख स्थानहरुमा सिसी क्यामेरा जडान, टोल टोलमा बाटोघाटो सुधार, नगरपालिका अन्तर्गत विषयगत समितिहरु गठन, शव वाहन खरिद पक्रिया, संचार क्षेत्रको विकास लागि बजेट विनियोजन, नगरक्षेत्रबाट निष्कासन हुने फोहोर व्यवस्थापनका लागि ल्यान्डसफिल्डको व्यवस्थापन कार्य, रोकिएको विद्यालय अनुदान निकासा, नगरपालिकामा सयौंको संख्यामा कमृचारी व्यवस्थापन लगायतका कार्यहरु सयदिनको अवधिमा सम्पन्न गरेको र योजना तयार गरी अगाडी बढाएको उनले बताए ।

सय दिनको अवधिमा देखिएका मुख्य समस्याहरु बारे जानकारी गराउँदै मेयर चौधरीले पुनसंरचना अनुसार स्थानिय तहको व्यवस्थापनका लागि कानुन अभाव, आन्तरिक कर्मचारी व्यवस्थापनमा समस्या, नगरको न्युन आर्थिक बृद्धि दर, जनप्रतिनिधिहरुको न्युन संस्थागत क्षमता विकास, विपद व्यवस्थापन पूर्ण रुपमा गर्न नसक्नु मुख्य रहेको बताए ।

त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमेयर देवी चौधरीले सहभागी वडाका जनप्रतिनिधिहरु, पत्रकारहरुलाई कार्यक्रममा स्वागत गरेका थिए । नगरपालिकाको चालु आवको कूल बजेट ८१ करोड ११ लाख ७६ हजार दुई सय १३ रुपैया विनियोजन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी