2026-09-19 09:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोरङको रतुवामाई नगरको बजेट ४२ करोड ४७ लाख

कात्तिक २, उर्लाबारी (रासस) | मोरङको रतुवामाई नगरपालिकाले प्रथम नगरसभाबाट पारित बजेट, नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ । 

नगरसभाबाट चालु आर्थिक वर्ष २०७४/०७५ का लागी रु ४२ करोड ४७ लाख ५४ हजारको बजेट बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

बजेटमा आन्तरिक स्रोत रु ७७ लाख ८० हजार, सशर्त अनुदान रु १४ करोड, वित्तिय समानीकरण अनुदान रु २६ करोड २१ लाख र जिल्ला समन्वय समितिबाट राजश्व बाँडफाडबापत रु एक करोड जुटाउने उल्लेख छ । 

नगरसभाले पूँजीगत खर्चतर्फ रु २२ करोड नौ लाख ५१ हजार छुट्याएको छ भने समपुरक कोषसमेत गरी चालु तर्फ रु २० करोड तीन लाख तीन हजार बाँडफाँड गरेको छ । नगरसभाले रतुवा बक्राहा खोला नियन्त्रण कार्यक्रमका लागि रु एक करोड, जमिन पुनःरुत्थान कार्यक्रमका लागि रु ४० लाख, लक्षित वर्ग विकास कार्यक्रमकालागि रु ४५ लाख बजेट विनियोजन गरेको छ भने प्रत्येक वडामा कम्तीमा रु १० लाखको कार्यक्रम राखेको छ । 

नगरसभाले नगरपालिकाको मुख्यमुख्य चोकमा फ्रि वाइफाइ, खुला दिसामुक्त क्षेत्र, सडकबत्ती, सडक अधिग्रहण गरी ग्रिनबेल्ट निर्माण, खेलकुद रंगशाला निर्माणलगायतका कार्यक्रम सञ्चालनका लागि बजेट छुट्याइएको छ । 

दुर्घटना र विपद्मा परेर ज्यान गुमाउने नगरबासी प्रतिव्यक्तिका लागि रु ३० हजार, रिङरोड अध्ययन, झुर्किया स्वास्थ्य केन्द्र, सञ्चार क्षेत्रको विकास र पुरस्कार, अनलाइन घरनक्सा पास गर्न निवेदन दिने प्रणालीको शुरुवात गर्नेजस्ता कार्यक्रम समावेश गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख रविन राईले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई