2026-10-26 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी

नेपालको मौलिक स्वाद, संस्कृति र परिकारलाई विश्वसामु चिनाउने उद्देश्यसहित झापाको दमकमा ‘दोस्रो राष्ट्रिय कूलिनरी च्यालेन्ज–२०२६’ सहित फुड फेस्टिभल भव्य रूपमा सुरु भएको छ ।

झापा, दमक । नेपालको मौलिक स्वाद, संस्कृति र परिकारलाई विश्वसामु चिनाउने उद्देश्यसहित झापाको दमकमा ‘दोस्रो राष्ट्रिय कूलिनरी च्यालेन्ज–२०२६’ सहित फुड फेस्टिभल भव्य रूपमा सुरु भएको छ ।

इन्टरनेशनल नेपाली शेफ सोसाइटी र नेपाली सेफ सोसाइटीको संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगिता दमकस्थित पाथिभरा कूलिनरी आर्ट कलेजमा शुक्रबारदेखि सुरु भएको हो । कार्यक्रम आज शनिबार पनि जारी रहनेछ ।

नेपाली खानाको मौलिकता, विविधता तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा देशभरका २२ टिमका ६६ जना प्रतिभाशाली प्रतिस्पर्धी सहभागी भएका छन् । सातै प्रदेशका रैथाने तथा मौलिक परिकार प्रस्तुत गर्दै प्रतिस्पर्धीहरूले नेपाली पाककलाको कला, स्वाद र सिर्जनशीलताको उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

कार्यक्रमअन्तर्गत खुला पाककला प्रतियोगिता, विभिन्न फुड कम्पिटिसन तथा आकर्षक फुड फेस्टिभल सञ्चालन भइरहेको छ । नेपाली खानाका स्टलसँगै स्थानीयदेखि अन्तर्राष्ट्रिय स्वादका विभिन्न परिकारहरूले दर्शक तथा खानाप्रेमीहरूको विशेष आकर्षण बढाएको छ ।

इन्टरनेशनल नेपाली शेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीका अनुसार प्रतियोगितामार्फत नेपाली पाककलालाई व्यावसायिकता, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतातर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ । लोपोन्मुख तथा परम्परागत नेपाली परिकारहरूको खोज, अनुसन्धान, संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिइएको आयोजकले जनाएको छ ।

शुक्रबार सम्पन्न उद्घाटन सत्रसँगै दोस्रो राष्ट्रिय कूलिनरी च्यालेन्ज–२०२६ अन्तर्गत प्रतिष्पर्धामा सहभागी २२ समुहको पाककलाको जज गर्नका लागि १० भन्दा बढी देशबाट आएका अनुभवी अन्तर्राष्ट्रिय नेपाली तथा बिदेशी सेफहरू निर्णायकका रूपमा सहभागी भएका छन् । उनीहरूको सहभागिताले नेपाली सेफहरूलाई विश्वस्तरीय मूल्यांकन, मार्गदर्शन तथा अनुभव आदानप्रदानको अवसर प्राप्त हुने विश्वास आयोजकको छ ।

प्रतियोगिताको फाइनल तथा विजेता घोषणा आज शनिबार नै गरिनेछ । बिभिन्न सांस्कृतिक कार्यक्रम सहित आयोजना भईरहेको प्रतियोगितामा प्रथम हुने टिमले रु १ लाख, द्वितीयले रु ७५ हजार तथा तृतीय हुनेले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने