Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालीम शुरु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १५, भोजपुर । प्राविधिक ज्ञानको कमीले भूकम्पपीडितले घर निर्माण गर्न नसकिरहेको बेला भोजपुरमा भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि सातदिने डकर्मी तालीम शुरु भएको छ ।

शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्यन एकाइद्वारा भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि भोजपुरका विभिन्न स्थानमा तालीम सञ्चालन भइरहेको हो ।

भोजपुर जिल्लाको भोजपुर नगरपालिका, साल्पासिलिछो गाउँपालिका र रामप्रसाद राई गाउँपालिकामा गरी ९० जना कालीगढलाई तालीम दिने आयोजना प्रमुख सुदीप उप्रेतीले जानकारी दिनुभयो ।

तालीमबाट दक्ष डकर्मी उत्पादन भएपछि यहाँका भूकम्पपीडित लाभान्वित हुने भएका छन् । यता भूकम्पपीडितले पहिलो किस्ताको रु ५० हजार रकम धमाधम लिइरहेका छन् । रासस