
काठमाडौँ | नेपाली बजारमा दोस्रो दिन पनि सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ ।
आइतबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर ४ हजार ४ सय ४५ रुपैयाँ पुगेको छ ।