
काठमाडौँ | नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा चार हजार दुई सय र चाँदीको ९५ रुपैयाँ बढेको हो। मूल्य बढेसँगै बुधबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोला दुईलाख ८३ हजार आठ सय रुपैयाँ रहेको थियो।
यता, मंगलबार प्रतितोला चार हजार तीन सय ८० रुपैयाँ रहेको असली चाँदीको मूल्य बुधबार बढेर चार हजार चार सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।