2026-09-08 04:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

१३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार

2026-08-06

काठमाडौँ | साताको कारोबारको चौथो दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। कारोबारको अन्त्यमा नेप्से १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा पुगेको हो। आज कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक घट्दा केवल एक उपसमूह मात्र बढेको नेप्सेले जनाएको छ। अधिकांश समूहमा बिक्री दबाब बढेपछि समग्र बजार ओरालो लागेको हो।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ४७ करोड २४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। बिहीबार अप्पर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। यता एलएस होराइजन–१२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। उक्त म्युचुअल फन्डको इकाई मूल्य ६.५० प्रतिशतले घटेको छ।

नेप्सेका अनुसार आज ३४७ कम्पनीका १ करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित